शुक्रबार पनि घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने यथावत

काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (बिहीबार)को तुलनामा शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ९५ हजार ३ सय कायम भएको छ ।

यस्तै, बिहीबार ९४ हजार ९ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य शुक्रबार ९४ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि बिहीबार मात्रै सुनको तोलामा मूल्य १ हजार ३ सय रुपैयाँले आरालो लागेको थियो । बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ थियो ।

शुक्रबार चाँदीको मूल्य भने यथावत छ । बिहीबारजस्तै शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।

बिहीबार भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस