के तपाईलाई निन्द्रा लाग्दैन ? चुकुन्दर, काँचो लसुन र प्याजको सेवन बन्नेछ निन्द्राको अचुक उपाए

अमेरिकामा गरिएको एक अध्ययन अनुसार, काँचो लसुन, प्याज र चुकुन्दर जस्ता खाद्य पदार्थमा प्राकृतिक रूपमा पाइने ‘प्रीबायोटिक्स’ निन्द्राको लागि राम्रो सेवन हो र साथमा तनावको कारण शरीरमा पर्ने प्रभाव कम गर्न सहयोगी रहेको छ । यस किसिमको यो पहिलो अध्ययन हो ।

अमेरिकामा कोलोराडो बोल्डर विश्वविद्यालय मा पीएचडी शोधकर्ता रोबर्ट थोम्पसनले बताए, “अध्ययनबाट पत्ता लाग्यो, ‘प्रीबायोटिक्स’ निन्द्राको सुधार गर्न र तनाव कम गर्न सक्छ ।”

प्रीबायोटिक्स, काँचो लसुन, प्याज र चुकुन्दर जस्ता खाद्य पदार्थमा प्राकृतिक रूपले पाइने पदार्थ (डाइएटरी फाइबर) हो । प्रीबायोटिक्सले पेटको समस्यामा सुधार ल्याउँछ तर मेटाबोलिक बाईप्रोडक्ट्सको लागि उत्तरदायी हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस