हजुरआमाको क’वाडी भनेर २० वर्षसम्म बेवास्ता गरे, एक दिन कपडा हटाएर हेर्दा जे भेटियो

एजेन्सी। अमेरिकामा एक कलेज विद्यार्थीले लामो समयसम्म हजुरआमाको घरको ग्यारेजलाई क’वाडीको थुप्रो सम्झिए । तर, एक दिन उनले यो ग्यारेज खोलेर हेर्दा उनको भाग्य खुल्यो । एरिगन नामका यी विद्यार्थीले एक ब्लगमा भनेअनुसार उनलाई २० वर्षदेखि लाग्थ्यो कि यो ग्यारेजभित्र क’वाडी मात्र छ । तर, जब उनले ग्यारेज खोलेर हेरे त्यहाँभित्र त्यो समयका सबैभन्दा लग्जरी स्पोर्ट कार थिए ।

हजुरआमाको कवाडी भनेर २० वर्षसम्म बेवास्ता गरे, एक दिन कपडा हटाएर हेर्दा…

एरिगनका अनुसार उनको घरमा २ ग्यारेज छन् । त्यसैले उनले पुरानो ग्यारेजतर्फ ध्यान दिएनन् । त्यो दिन थाहा छैन किन उनलाई त्यहाँ हेर्ने इच्छा भयो । जब उनले गेट खोले त्यहाँ कपडाले ढाकिएका २ कार देखिए । जब उनले कपडा हटाए उनको खुसीको ठेगान रहेन । त्यहाँ त्यतिबेलामा लेम्बोर्गिनी र फरारी कार थिए । एरिगनका अनुसार ग्यारेजमा १९८१ का ल्याम्बोर्गिनी र फरारी ३०८ कार थिए । यी कारहरुको मूल्य ४ लाख ३० हजार डलर (झण्डै ५ करोड नेपाली रुपैयाँ) थियो । यी कारलाई विगत २० वर्षदेखि प्रयोग गरिएको थिएन ।

ती कार उनका हजुरबुवाले किनेका थिए । उनका हजुरबुवाले यी कारलाई भाडामा चलाउन दिएर भाडा उठाउने व्यवसाय गर्ने सोचाइ बनाएको आफूले थाहा पाएको एरिगनले बताएका छन् । तर, यिनीहरुको महंगो बिमाका कारण उनको योजना असफल भएको थियो । तर, हजुरबुवाले त्यतिबेला कार किन बेचेनन् भन्ने आफूले पनि नबुझेको एरिगन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस