के तपाईलाई रातीमा धेरै पसिना आउँछ ? जानी राखौँ तपाईको स्वास्थ्यको लागि यो धेरै खतरनाक सावित हुनसक्छ !

गर्मी मौसममा पसिना आउनु सामान्य कुरा हो तर केहि मानिस यस्ता पनि हुन्छन जसलाई आवश्यकता भन्दा बढी पसिना आउँछ । यदि तपाईलाई पनि यस्तै समस्या छ भने यसलाई वेवास्ता गर्नु हुँदैन । चिकित्सकका अनुसार रातीमा अधिक पसिना आउनु र तनाव महसूस गर्नु खतराको संकेत हो । यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्दछ । अधिक पसिना आउनु यस्ता रोगहरूको संकेत हुन्छन् ।

आइडियोपैथिक हाइपरहाइड्रोसिस
धेरै अवस्थामा राती पसिना आउने विशेष कुनै कारण थाहा हुँदैन जसलाई आइडियोपैथिक हाइपरहाइड्रोसिस को नामले चिनिन्छ । यसमा बिनाकारण शरीरबाट अधिक पसिना आउन थाल्छ । यो रातीमा अत्यधिक पसिना आउनुको कारण हुनसक्छ ।

टीबी
ट्यूबरक्लोसिस अर्थात् क्षयरोगले पीडित मानिसलाई रातीमा पसिना आउने समस्या हुन्छ । यस्तो अवस्थामा चिकित्सकको तुरुन्त सल्लाह लिनुपर्दछ ।

इनफेक्शन
केही किसिमको ब्याक्टेरियाको इनफेक्शनको कारणले पनि राती पसिना आउने गर्छ । यसमा हर्ट भल्भमा सूजन, हड्डीसँग सम्बन्धित इनफेक्शनको साथै एचआईभी इनफेक्शन पनि हुनसक्छ । यस्तो अवस्थामा तपाईले चिकित्सकको सल्लाह लिई जाँच गर्नुपर्दछ किनभने यसको विशेष कारण थाहा हुन्छ ।

हाइपोग्लाइसिमिया
ब्लड ग्लुकोज कम हुँदा पनि पसिना धेरै आउने हुन्छ । जो मानिस इन्सुलिन वा ओरल एन्टिबायोटिक औषधीको सेवन गर्दछ उनीहरूलाई राती पसिना आउनुको साथै हाइपोग्लाइसिमियाको समस्या पनि हुन्छ ।

क्यान्सर
राती पसिना आउनु क्यान्सरको शुरुवाती लक्षण पनि हुन्छ । लिन्फो मा यो लक्षण सबैभन्दा धेरै देखिन्छ । वजन कम र ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुनसक्छ ।

औषधी
एन्टीप्रेसेन्ट औषधीको कारणले यो समस्या हुनु सामान्य कुरा हो । ज्वरो कम गर्ने औषधी जस्तै एस्प्रिन, एसिटेमिनोफनले पनि पसिना आउँछ ।

हार्मोन डिसअर्डर
हर्मोनल असन्तुलनले पनि अधिक पसिना आउने समस्या हुन्छ । यसमा कार्सिनोइड सिन्ड्रोम, फियोक्रामोसाइटोम आदि समावेश छ ।

प्रतिक्रिया दिनुहोस