८३ वर्षका बृद्ध, जसले ६३ वर्षदेखि नुहाएका छैनन् भन्छन् ‘ननुहाएकै कारण स्वस्थ छु’

एजेन्सी । तपाईले नुहाउँदै ननुहाएको मानिस कहिल्यै देख्नु भएको छ ? इरानका ८३ वर्षीय अमोउ हाजीले ६३ वर्षदेखि नुहाएका छैनन् । फोहोरकै कारण लामो जीवन जिउन सकेको तर्क गर्ने अनौठो स्वभावका अमोउ हाजीलाई मानिसहरुले टाढै देखेपनि तर्केर हिँड्ने गर्छन् ।

फोहोरका कारण ८३ वर्षदेखि आँफु स्वस्थ रहेको बताउने अमोउ हाजी ननुहाएकै कारण उनी आफ्नो गाउँबाट केही टाढा बस्छन् । तर, केही गाउँले वेलावेलामा उनलाई भेट्न भने पुग्छन् ।

गाउँलेहरूले उनलाई सानो झुपडी नै बनाइदिएका छन् । अमोउको खान्की पनि अचम्मको छ । उनी प्राकृतिक तरिकाबाट मारिएका या कार दुर्घटनामा परेर मरेका जनावरको सडेको मासु मन पराउँछन् । बाहिरी सुख–सुविधा त्यागेर पनि आफू खुसी रहने तर्क गर्छन् । उनी दैनिक दुई ग्यालिन पानी पिउने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस