फ्यानले अत्याधिक रुचाएका मोडल पार्वती राईका हट तस्विर…( फोटो फिचर)

अधिकांश लोकदोहोरी गीतका म्युजिक भिडियोमा देखिने मोडल पार्वती राई कुशल नृत्यांगना हुन् । आज भन्दा ६ वर्षअघि “हेर्छु ओठ टोकी” बोलको म्युजिक भिडियोबाट लोकदोहोरी गीतमा मोडलका रूपमा देखापरेकी पार्वतीलाई त्यसपछि कुनै पनि दिन फुर्सद भएन ।

चार सयभन्दा बढी लोकदोहोरी तथा तीज गीतमा मोडलका रूपमा काम गरिसकेकी पार्वती अरू कुनै काम गर्दिनन् । प्रस्तोता समाजमा आबद्ध पार्वतीले चलचित्र मेरो जीवनसाथी र हम जाएगामा अभिनय गरेकी थिइन् यद्यपि उनी अभिनयमा भन्दा नृत्यमै जमेकी छिन् ।

हरेक लोकदोहोरीमा कम्मर मर्काएर नाच्ने पार्वतीलाई धेरैले लोकदोहोरी क्विन भन्छन् । नृत्य म्युजीक भिडियोमा एकछत्र राज गरीरहेकी उनी नाच्नकै लागि अमेरिका, अस्ट्रेलिया, कतार, कोरिया, मलेसिया, दुबई आदि मुलुक पुगिसकेकी छिन् ।

पार्वती वर्षभरि नै म्युजिक भिडियो, महोत्सव तथा विदेशका कार्यक्रमहरूमा व्यस्त भैरहन्छिन् । पार्वती राम्रो दाम र नाम मिलेको यो कामबाट दंग छिन् ।

प्रतिक्रिया दिनुहोस