मरेका मानिसहरुसँग कुरा गर्छन् यी चार वर्षको बच्चा, गर्छन् पूर्वजन्मका कुरा ! पार्कमा बस्दा पनि उनको टाउकोमाथि अचम्मको प्रकाश आउछ

इंगल्याण्डमा एक महिलाले आफ्नो चार वर्षको बच्चाले मरिसकेका व्यक्ति र आफ्नो पूर्वजन्कको कुरा गर्ने गरेको दाबी गर्छिन् । चार्ली बेटीले बारम्बार आफ्नो पूर्वजन्मको कुरा गरेर आमा मेगनलाई चकित तुल्याउने गरेका छन् ।

मेगनका अनुसार उनको छोराले खाना अड्किएका कारण आफ्नो मृत्यु भएको र पूर्वजन्मका बुवाको डुबेको मृत्यु हुने गरेको बताउँछन् । सोमरेसेट ब्रिडवाटरकी मेगन भन्छिन्, ‘मेरो छोराले सधैंभरी आफ्नो पूर्वजन्मको कुरा गरिरहन्छन् ।’

‘उनले निकै पुरानो नाम प्रयोग गर्छन् र आफ्नो बुवाको कसरी मृत्यु भएको थियो भन्ने जानकारी दिन्छन् ।’ ‘उनी निकै अचम्मका छन् किनभने उनको उमेर चार वर्षमात्र भएको छ । बोल्न थालेदेखि नै उनले यस्तो कुरा गर्न थालेका हुन् । उमेर बढेसँगै उनको यसबारे कुरा पनि बढेको छ ।’

‘जब तपाईंले उसलाई यसबारे सोध्नुभयो भने उसले भन्दैन । आफूलाई मन लागेका बेला मात्र उसले कुरा गर्छ ।’ ‘एक दिन जब मैले होसियार भएर खाउ, नभए अड्किन्छ भनेको थिएँ,’ उसले यसको जवाफमा भन्यो, ‘हो नि, मलाई बच्चा बेलामा अड्किएको थियो ।’

मैले उनलाई त्यसपछि के भयो भनेर सोध्दा उसले भन्यो, ‘मेरो मृत्यु भयो, त्यसपछि म सधैंको लागि बिदा भए । मेरी आमा निकै दुःखी हुनुभएको थियो ।’ ‘चार वर्षको बच्चाले यस्तो कुरा गर्नु निकै अचम्म हो । उनी दुई वर्षको हुँदा देखि नै आफ्नो ‘बुवा’ बारे कुरा गर्दथे ।’

उनी थप्छिन्, ‘स्कूलमा छोराले उनको बुवाको डुबेको कारण मृत्यु भएको भनेपछि स्कूलकी शिक्षिकाले मसँग सम्पर्क गरिन् । मैले उनलाई उनको बुवाको अवस्था ठिक छ भनेर स्पष्टिकरण दिनु पर्यो ।’चार सन्तानकी आमा मेगनले चार्लीको एउटा फोटो सेयर गरेकी छिन् । उक्त फोटोमा चार्लीको टाउकोमाथि अचम्मको प्रकाश देखिएको छ ।

’ रातो पाटि

प्रतिक्रिया दिनुहोस