के हाे याे कालाे कुखुराे ? जसकाे रगत, मासु र शरीर कालो रंगको हुन्छ !

हिन्दी भाषामा एउटा उखान छ ‘सोने का अंडा देने वाली मुर्गीु । तपाईले कडकनाथ एक दुर्लभ प्रजातिको कुखुराको बारेमा त सुन्न भएकै होला । यो कुखुराको अण्डा र मासुको व्यापारले कृषकहरुले मासिक रुपमा लाखौं कमाइरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार १ हजार कडकनाथबाट केही दिनमै दश लाखसम्म कमाई हुन्छ । भारतमा हजारौं किसान यसको कारोबार गरिरहेको बताएको छ ।

विगतमा रसवरीको पेटेन्ट राइटलाई लिएर उडिसा र पश्चिम बंगालबीच बर्षौं विवाद भएको थियो । त्यसैगरी कडकनाथ कालो कुखुराको लागि पनि भारतको मध्यप्रदेश र छत्तिसगढको सरकार अपसमा लडिरहेका छन् ।

कडकनाथको अण्डा एउटाको भारतीय रुपैयाँ ७० पर्छ भने एक किलो यसको मासु ९ सय रुपैयाँ पर्दछ । एक कम्पनी र केही किसान यसको व्यवसायिक पालन तर्फ आकर्षित भएका छन् ।

भारतको छत्तिसगढ र मध्यप्रदेशका साथै महाराष्ट्र, तमिलनाडु आन्द्र प्रदेशमा पनि किसानहरु यसबाट राम्रो आय आर्जन गरिरहेका छन् ।
कडकनाथ कुखुराको पोल्ट्री फर्म खोल्नका लागि इन्डिया मार्टसँग सम्पर्क गरी यि जातका कुखुरा पाउन सक्ने बताइएको छ ।

किन आकर्षित भए कडकनाथप्रति मानिस ?

कडकनाथ आफ्नो स्वाद र औषधीय गुणका लागि लोकप्रिय छ । यसको रगत, मासु र शरीर कालो रंगको हुन्छ । अन्य कुखुराको तुलनामा यसको मासुमा प्रोटिन धेरै मात्रामा हुन्छ र कोलेस्ट्रोल धेरै कम हुन्छ ।

१८ किसिमका आवश्यक एमिनो एसिड यसको मासुमा पाइन्छ भने बी-1, बी-2, बी-6, बी-12, सी र ई को मात्रा धेरै पाइन्छ ।
यसको मासु नर्भस डिअडरको उपचारका लागि पनि प्रयोगमा ल्याइन्छ । यसको रगतबाट धेरै प्रकारका बिरामीको उपाचार गरिन्छ ।

आज भोलि कडकनाथको चर्चा दिल्लीसम्म फैलिएको छ । पहलिे मध्यप्रदेश सरकारले चेन्नइको भौगोलिक संकतक पंजीयन कार्यालय यानी जीआई ट्याग कार्यालयमा जियोग्राफिककल इंडिकेशन ट्यागको दाबी गरे ।

त्यसपछि चेन्नई जीआई ट्याग रजिष्ट्री कार्यालयले यस आवेदनलाई स्वीकार्दै कडकनाथको मासुमा मध्यप्रदेशको दाबीमाथि आपत्ति कसैको छ छैन भनेर नोटिस जारी गर्यो ।
यसपछि एक निजी कम्पनीको सहयोगमा छत्तिसगढको दन्तेवाडा जिल्ला प्रशासनले पनि आमनफाननमा कडकनाथमो मासुमा आफ्नो दाबी पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस