भारतिय चर्चित जोडीको यो असन्तुष्टि

भारतिय क्रिकेट टिमको कप्तान विराट कोहली र वलीउड एक्ट्रेस अनुष्का शर्माको परिवारमा जनवरी ११ मा पुत्रि रत्नको जन्म भएको छ । यसको जानकारी विराटले सोशल मिडिया मार्फत आफ्नो फ्यानलाई गराएका छन् । तर विराटलाई आफ्नो निजि जिन्दगी माथि मिडियाले गर्ने दखलअन्दाजी पटक्कै मन परेको छैन ।

यो वारे विराटले सधैं नै कम्प्लेन गरिरहेकै हुन्छ । यो पालि पनि यस्तै भयो । फोटोग्राफर्सले भर्खर जन्मेका आफ्नो छोरीको फोटो धेरै खिचेको भनि असन्तुष्ट व्यक्त गरेका छन् । विराट, अनुष्का दुवैले भनेका छन् कि वच्चाको फोटो धेरै नखिच्नु र पत्रिकामा यो वारे धेरै कन्टेन्ट नदिनु । फोटोग्राफर कम्युनिटीलाई एउटा नोटिस पठाई यस्तो नगर्न अपिल पनि गरिएको छ ।

उक्त नोटिसमा यो पनि लेखिएको छ कि धन्यवाद यो मायाको लागि जुन यति धेरै समयसम्म दिनु भयो हामी एकदम धेरै खुशि छौं । हामी दुवै धेरै कन्टेन्ट दिन तयार छौं तर वच्चाको वारेमा कुनै पनि पत्रिकामा कन्टेन्ट नवनाउनु होला । यसवाट हाम्रो नीजि जीवनको हनन भएको जस्तो लागेको छ । हुनत कोही पनि आफ्नो प्राइभेसी सार्वजनिक भएको हेर्न चाहँदैन ।

प्रतिक्रिया दिनुहोस