टन्टलापुर घाममा ५० केजीको भारी बोक्दा बोक्दै बिसाएर निदाए यी बालक , हेर्नुहोस् यो हृदयविदारक तस्विर

यसो सोच्नुहोस् त । टन्टलापुर घाममा ५० केजीको भारी बोकेर उकालो बाटो हिड्दा कस्तो होला रु हामी मध्ये धेरैले यो दुख भोगेका पनि होलौ । आफ्नो बाल्यकाल सम्झनुस् भदौको घाममा उकालो बाटोमा गह्रौं भारी बकेर तप तप पसिना चुहाएको । कति गाह्रो हुन्छ त्यो भोगेकोलाई थाहा हुन्छ । त्यस्ते अहिले एक १२र१३ बर्षको उमेरमा स्कुल जाने, साथी भाईसँग खेल्ने, घर आउने होमवर्क गर्ने, सामान्य काममा बाबुआमालाई सघाउने यसरी नै दिनचर्या वित्छ यी उमेरका नानी बाबुको ।

यी तस्विरमा देखिएका बालकको भाग्य त्यस्तो पढ्न, खेल्न, रमाउने भाग्य छैन। यी बालकको पनि मन होला पढ्न, खेल्न, रमाउन । तर यी बालक ५० केजीको भारी बिसाएर टन्टलापुर घाममा निदाएका छन् । ताप्लेजुङ स्थित कञ्चनजंघा वेसक्याप जाने बाटो ९तापेथोक० नजिकै यी मस्त निदाइरहेका छन् ।यी बालक नीलो भेष्ट, कालो हाफ पाइन्ट, नीला चप्पल ढुंगाको कापमा गुडुल्की परेर निदाएका छन् ।

उनको नजिक ५० केजी जति कोदाको भारी छ । उनको हात खुट्टामा घाउनै घाउ छ भने उनी पहिरो खसिरहने ठाँउमा निदाएका छन् । यो तस्विर पत्रकार तथा कवि प्रकाश ढंगानाले खिचेका हुन् । उनले त्यो बालकलाई उठाएर केही सोधेनन् । केवल ती बालकलाई हेरे, तस्विर खिचे, मन अमिलो बनाए अनि हिँडे । त्यही कारणको उनको नाम, घर र उनी कहाँ जान लागेका हुन् थाहा छैन ।हाम्रो देशमा वालश्रम मुक्त घोषणा गरिए पनि यस्ता धेरै बालक छन् । बालश्रमको नारा जति नै उछालिए पनि कार्यान्वयन नहुदा फितलो भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस