जम्मा ४ किलो वजन भएको विश्वको सबैभन्दा सानो गाई , देख्दा सबै परे अचम्मित

काठमाडौँ – हामिले गाई त पक्कै देखेका छौ । तपाईलाइ थाहा नै छकि गाइ कति वजनका हुन्छ । तर अमेरिकाको मिसिसिपीमा एक अनौठो गाई छ । त्यो गाई विश्वको सबैभन्दा सानो गाई हो । अमेरिकाको मिसिसिपीमा रहेको उक्त गाईको वजन जम्मा साढे चार किलो रहेको छ । त्यो गाई हेर्दा बिरालो जत्रै छ । अहिले यो गाईलाइ ग्रिनिज बुकमा नाम लेखाउने पक्का रहेको बताइएको छ ।आफुले पालेको सानो आकार तथा कम वजनको गाई हुदाँ मालिक पनि निकै अचम्ममा परेका छन् ।

उनले गाईको उपचारको लागी मिसिसिपी स्टेट युनिभर्सिटी कलेज अफ भेटेनरीमा लगे तर डाक्टर पनि गाईको वजन देखेर हैरान भए । पशु डाक्टरले गाईको चेकजाँच गरे । तर उक्त गाई पूर्णरुपमा स्वस्थ भएको पाइयो ।मेडिकल कलेजले त्यहीँ क्रममा खिचेको सो गाईको तस्वीर सोसल मिडियामा शेयर भएसँगै निकै भाइरल भइरहेको छ । यो गाईको तौल उसको उमेरका सामान्य गाईको भन्दा १० गुणा कम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस