आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर एक बालक अस्पताल पुगेपछि…विश्वभर बन्यो भाइरल

एजेन्सी – साना बालबालिकाहरूको बानी ब्यहोरा ठुला मानिसहरु भन्दा धेरै फरक हुन्छ । उनीहरुको सोच्ने तरिका पनि फरक हुन्छ । साना बालबालिकाहरूको सोच्ने तरिका फरक हुने हुनाले बालबालिकाहरू साना(साना कुरामा दुखी हुने गर्छन् ।

त्यसैले उनीहरुलाइ फकाउनु उत्तम उपाय हुन्छ । यस्तै भारतका एक बालकको निकै चर्चा चलिरहेको छ ।अहिले सामाजिक सञ्जालमा बालक निकै भाइरल भइरहेका छन् । ती बालकको कामले धेरैलाई भावुक बनाएको छ । ती बालकले चल्ला बोकेर अस्पताल पुगेको विषय अहिले निकै चर्चा भइरहेको छ ।

ती बालक भारत मिजोरम राज्यका हुन् । ती बालकको साइकलले दुर्घटनाबस छिमेकीको कुखुराको एउटा चल्ला किचेपछी बालक निकै दुखी भए । इन्डिया टाइम्स डटकमका अनुसार बालकको साइकलले कुखुराको चल्ला किचेपछी बालक आफूसँग भएको पैसा र चल्ला बोकेर नजिकैको अस्पतालमा पुगे । यस विषय सामाजिक सञ्जालका पोस्ट भयो । पोस्ट भए लगत्तै फेसबुकमा हजारौले सेयर र सयौले प्रतिक्रिया जनाए । यो समाचार तयार पारी सक्दासम्म उक्त तस्वीर ८५ हजार शेयर भएको छ ।

प्रतिक्रिया दिनुहोस