बोतलमा भएको यस्तो सन्देशले जोगायो एउटा सिंगै परिवारको ज्यान

एजेन्सी । अमेरिकामा एउटा परिवारका सम्पूर्ण सदस्यको ज्यान बोत्तलमा लेखिएको एउटा ‘शब्द’का कारण जोगिएको छ । तीब्र बहाव भएको एउटा झरनामा फसेको परिवार बोत्तलमा लेखिएको सन्देशका कारण जोगिएको हो । झरनामा फ सेका परिवारका सदस्यहरुले बोत्तलमा एउटा शब्द लेखेर फोलेका थिए । सन्देश लेखिएको बोत्तल झरनाको तल नदीमा तैरिरहेको फेला पर्यो । बोत्तल फेला पार्ने व्यक्तिको मद्द८तबाट सम्पूर्ण परिवारको उ८द्दार भयो ।

कर्टिस ह्विटसन, उनकी गर्लफ्रेन्ड र १३ वर्षको छोरा जुन महिनामा मध्य क्यालिफोर्निया गएका थिए । उनीहरु एउटा उपत्यका हुँदै अरोयो सेको नदी र त्यहाँबाट झरनासम्म जान चाहन्थे । तर, तेस्रो दिन उनीहरु एउटा यस्तो क्षेत्रमा फसे, जहाँ चारैतिर ४० फिट उच्चो पर्खाल थियो ।

कर्टिसले रसी पनि साथमा बोकेका थिएनन् । जसका कारण उनीहरु त्यहाँबाट सजिलै बाहिर आउन सक्ने संभावना पनि बाँकी रहेन । झरनाको तीब्र बहावका कारण उनीहरु त्यहिँ फस्न पुगे । त्यहाँ न त उनको फोनको नेटवर्कले काम गरेको थियो, न त नजिकमा कुनै मानवीय चललपहल देखिन्थ्यो । कार्टिसले सीएनएनसँको कुराकानीमा उक्त क्षण सम्झँदै भने, ‘जब मलाई महसुस भयो कि पानी धेरै छ, तल उत्रिन जोखिमपूर्ण छ, बाँच्ने आश नै समाप्त भइसकेको थियो।’

त्यसपछि उनीहरुले आफूसँग भएको एउटा ‘अर्डर स्लिप’ कागजमा एउटा सन्देश लेखेर पानीमा बगाउने निर्णय गरे । अर्डर स्लिपमा ‘हेल्प’ ९हामीलाई मद्दत गर्नुहोस्० भन्ने सन्देश लेखेर उक्त स्लिप हरियो रंगको बोत्तल भित्र राखेर बगाइदिए । उनीहरु फेसको करिब ४०० मिटर तल बोत्तलमा लेखिएको उक्त सन्देश २ जना हाइकर्स ९हाइकिङ गर्न हिँडेका व्यक्ति०ले फेला पारे ।

हाइकर्सहरुले उक्त सन्देशसहित बोत्तल फेला पारेपछि उद्दारकर्ताहरुलाई खबर गरे । हाइकर्सहरु उद्दारकर्तालाई लिएर कार्टिसको परिवार फसेको ठाउँमा पुगे । जुन १५ तारिखको राति केही घण्टाको प्रयास पछि उद्दारकर्ताहरुले कार्टिस परिवारका सबै सदस्यको सकसुल उद्दार गरे।

प्रतिक्रिया दिनुहोस