गलफ्रेन्डलाई वेवस्ता अनि पैसाको लागि टर्चर……….हेर्नुस् जिन्दगी गुमाउनु पर्यो व्वाईफ्रेन्डले ।

एउटा यस्तो हत्या जुन यति क्रुर थियो कि तपाईको आत्मा थरथराउँछ । यस्तो घटना त सिर्फ काल्पनिक मात्र हुने गर्दछ तर हाम्रो छिमेकी देश भारतमा यो सत्य घटना भएर सावित भयो । कहानी यस्तो थियो, आन्ध्रप्रदेश राज्यको पश्चिम गोदावरीको कोवुरमा एक युवकको विच सडकमा तलवारको प्रहारले हत्या भयो । उक्त निर्मम हत्या सोमवार साँझ कोवुर क्षेत्रमा कपावाराम र धर्मावरम गाउँको विच एक व्यस्त सडकमा भएको थियो । जुन वेला हत्या भएको थियो त्यो वेला सडकमा धेरै भिड थियो ।

त्यही वेला एक युवतीले वाईक चलाएर आएका युवकको तलवारले काटी हत्या गर्यो । उक्त हत्या पछि पनि ति युवती फरार भईनन् वरु उल्टो प्रहरीको प्रतिक्षा गरिरहिन र प्रहरी आए पछि आत्मसर्मपण गरिन् । मृतक युवकको नाम टाटाजी नायडू र उनि २२ वर्षका थिए भने उक्त हत्यारा युवती २१ वर्षकी पावनी थिई जो मलाकापल्ली गाउँमा वस्थिन् ।

पश्चिम गोदावरीका एस.पी.के. नारायणले ति युवती र युवक दुवै इंटरमेडिएटका स्टुडेन्ट थिए । दुवै स्कुल देखि नै रिलेशनशिपमा थिए । तर अहिले आएर युवकले नजरआन्दाज गर्न शुरु गरेका र विवाह गर्न आनाकानी गरेकाले उक्त घटना भएको जनाएको छ । एस. पी. अगाडी वताउँछन् उक्त युवकले पैसाको लागि पनि टर्चर गरिरहेको थियो । हाल उक्त युवकको लासको पोष्टमोर्टको लागि सरकारी अस्पतालमा लगेको र युवतीलाई हिरासतमा लिएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस