घरको छतबाट आवाज आइरहन्थ्यो, ६ महिना वास्तै गरिनन्, ६ महिनापछि हेर्दा…

एजेन्सी। छतबाट अनौठो आवाज आइरहन्थ्यो । ६ महिनादेखि यस्तो चलिरहेको थियो । एक दिन यसको जाँच गर्दा यस्तो वास्तविकता खुल्यो कि खुट्टामुनिबाट जमिन नै भासियो । घटना अमेरिकाको जर्जियाको हो ।

यहाँकी लीजा नाम गरेकी एक महिलाको घरबाट यस्तो चीज निस्कियो जसलाई देखेर जो कोही चकित परे । लिजाले जब पहिलो पटक यो घरमा आउँदा यो आवाज सुनिन् उनले वास्ता गरिनन् । उनले सोचिन् यो बाहिरको आवाज होला । तर आवाज बन्द भएन । हेर्दा हेर्दै ६ महिना बिते । लिजाले लगातार आवाज आइरहेपछि यो के रहेछ भनेर जान्ने चेष्टा गरिन् । उनले सहयोगको लागि विशेषज्ञ बोलाइन् ।

जब एक्सपर्टले घरको निरीक्षण गरे तब थाहा भयो घरको सिलिङमा एक लाखभन्दा धेरै माहुरीले डेरा जमाएर बसेका थिए । यस क्रममा उनीहरुले छतमा झण्डै २७ किलो मह जम्मा गरेका थिए । विशेषज्ञले धुवाँको सहयोगले माहुरी उडाए र छतमा बनेको प्लाइउडको खाली ठाउँलाई पूरै बन्द गरिदिए ताकि यहाँ माहुरी फेरि आउन नसकुन् ।

शनिबारको रात महिलाहरु बढी रोमान्टिक

यौनलाई लिएर विश्वमा हरेक दिन नयाँ र अनौठो तथ्य सार्वजनिक हुने गर्दछ । बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी से क्सी हुने गरेको रहस्य बाहिर ल्याएको छ । बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन ।

त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरिका अपनाउँने गर्दछन । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ । सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र से क्सी स्माइल बढी प्रयोग गर्ने गरेको अध्यनमा भनिएको छ ।

दुई हजार महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूम पनि प्रयोग गर्दछन, जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् ।

उक्त समयमा महिलाहरुले से क्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस