आज काठमाडौंका यी ठाउँमा बत्ति काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिवार विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने भन्दै सूचना जारी गरेको छ ।

सटडाउन तालिका नै जारी गर्दै प्राधिकरणले विद्युत कटौती गर्न लागेको हो ।

प्राधिकरणले बुढानिलकण्ठ, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा शनिवार विद्युत प्रवाह रोकिने जनाएको छ ।

जसमा: भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोक लगायतका सम्पूर्ण क्षेत्रहरु

सानेपा राम मन्दिर, गुसिंगाल, एडभांस कलेज, लीला घर, अमरावती, सानेपा ,मोड, रेडियंट स्कुल एरिया लगायतका क्षेत्रहरु

गोंगबु बसपार्क लगायतका सम्पूर्ण क्षेत्रहरु

बुढानिलकण्ठ ८ , ओमनगर लगायतका क्षेत्रहरु रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस