श्रीमानलाई निद्राको औ’षधी खानामा खुवाएर प्रेमीसँग गर्थिन् यस्तो हर्कत, एक दिन भयो सबै हद पार

काठमाडौ / एक श्रीमतीले आफ्ना प्रेमीसँग मिलेर श्रीमानकै जीवन लिएकी छिन् । यो घटनाको रहस्य पुलिसले सुल्झाएको छ । घटनामा संलग्न पत्नी सिमर कौरलाई पक्राउ गरिएको छ । उनका प्रेमी अझै पनि फरार रहेको बताइएको छ । आज तकको समाचारमा उल्लेख भएअनुसार घटना पंजाबको तरनतारन जिल्लाको पल्लासोर गाउँको हो । श्रीमानको जीवन लिएपछि सिमर प्रेमीसँग नै भागेकी थिइन् । सिमरलाई पक्राउ गरिएको भए पनि प्रेमी फरार नै छन् ।

जीवन जानेकी कान्छी छोरीका अनुसार गाउँकै एक युवक उनकी आमासँग दिनहुँ भिडियो कल गर्थे । उनको घरमा पनि आउने जाने गरिरहन्थे । आमाले साँझ खानामा निद्राको औ’षधी दिएर पितालाई सुताउँथिन् त्यपछि प्रेमीसँग फोनमा भिडियो कल गर्थिन् ।

पुलिस चौकी प्रमुख गुरचरण सिंहका अनुसार सिमरले २३–२४ जुलाइको रातमा पतिलाई निद्राको औ’षधी खुवाएर निदाएको अवस्थामा जीवन लिइन् । यसको योजना उनले पहिल्यैदेखि बनाएकी थिइन् । उनका प्रेमी लभप्रितको खोजी भइरहेको छ ।

यो पनि पढ्नुहोस : संसारकै धनि बिल गेट्स दम्पत्ती यस कारण हररात भाँडा माझेर सुत्छन्

विश्वकै प्रतिष्ठित कम्पनी माइक्रोसफ्टका मालिक तथा विश्वकै धनि व्यक्ति मध्येका एक हुन् बिल गेट्स । उनको ब्यापारको बारेमा त हामीले थुपै खबरहरु सुन्दै आइरहेका छौं । तर, आज हामी उनको निजी जीवनको बारेमा चर्चा गर्दैछौं ।

मेलिन्डा गेट्स बिल गेट्सकी पत्नी हुन् । उनीहरुले बिहे गरेको पनि २५ वर्ष भइसकेको छ । यि दम्पत्ती विगत २५ वर्षदेखि हरेक राति भाँडा माझ्दै आइरहेका छन् । धेरैले सोच्छन् धनि व्यक्तिहरुको जीवनल निकै तामझामका साथ बित्छ । उनीहरुले केही काम गर्दैनन् । घरमा काम गर्नेहरु प्रशस्तै हुन्छन् । प्रशस्तै आराम मिल्छ भन्नेहरुको लागि यो जोडी यस्तो उदाहरण बनेको छ ।

जसले आम मानिसले झै साधरण जीवन बिताएका छन् । उनीहरु प्रायः आफ्नो खाना आफै बनाउँछन् अनि सँगै भाँडा माझ्छन् ।मेलिन्डा पति पत्नीको काम बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छिन् । यसले परिवारमा खुसी छाउने उनको भनाई छ । सन् १९८७ मा मेलिन्डा बिल गेट्सकै कम्पनी माइक्रोसफ्टमा काम गर्दा उनीहरुको भेट भएको थियो । काम गर्दा गर्दै नजिक भएका उनीहरुले सन् १९९४ मा बिहे गरेका थिए ।

यो पनि पढ्नुहोस : जापानी जागिरे महिलालाई चश्मा लगाउन प्रतिबन्ध

जापानका केही कम्पनीले आफ्ना महिला कामदारलाई चश्मा लगाउन प्रतिबन्ध लगाएका छन्। चश्मा प्रतिबन्धको चौतर्फी आलोचना भइरहेको छ।

स्थानीय मिडियाका अनुसार केही कम्पनीले महिला कामदारले चश्मा लगाउन नपाउने नियम लागू गरेका छन्। ती कम्पनीको भनाइ छ– ‘चश्माले महिला कामदारलाई रूखो, ठण्डा र अनाकर्षक देखाउँछ।’ व्यक्तिको के लगाउने, के नलगाउने भन्ने स्वतन्त्र इच्छामाथि प्रहार गरिएको भन्दै चश्मा प्रतिबन्धको विरोध भइरहेको छ।

वायुसेवालगायत केही कम्पनीले भने सुरक्षाका कारण चश्मा प्रतिबन्धित गरेको बताएका छन्। प्रसिद्ध समाचार संस्था बीबीसीका अनुसार जापानका सौन्दर्य तथा फेसन उद्योगहरूले भने महिलामाथि चश्मा प्रतिबन्धलाई उचित ठहराएका छन्। उनीहरूको तर्क छ– ‘चश्माका कारण महिलाको शृंगार र मेकअप छोपिन्छ।’

अहिले जापानी सामाजिक सञ्जालमा चश्मा प्रतिबन्धको चर्काे विरोध भइरहेको छ। जापानमा कार्यस्थलमा महिलाले लगाउने पहिरन र एक्सेसरिजबारे पटक–पटक विवाद भएका छन्। गत मार्चमा केही कम्पनीले महिला कामदारले शृंगार गर्नैपर्ने नियम लगाएका थिए। जसको महिलाहरूले कडा विरोध गरेका थिए। त्यसै गरी, केही महिनाअघि सामाजिक सञ्जालमा महिलाको अनिवार्य पोशाक संहितामा प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै हजारौँले अभियान चलाएका थिए।

अभिनेत्री तथा स्वतन्त्र लेखक युमी इशिकावाले यो अभियान (जसलाई ‘कुटू’ भनेर चिनिन्छ) को नेतृत्व गरेकी छिन्। उनी अन्त्येष्टि सेवा प्रदान गर्ने एउटा कम्पनीमा आंशिक रोजगार थिइन्। त्यहाँ उनले हाई हिल लगाउनुपथ्र्याे। ‘सधैँभरि कार्यस्थलमा हाई हिल लगाउँदा स्वास्थ्यसम्बन्धी समस्या आउँछन्,’ उनी भन्छिन्, ‘के लगाउने र के नलगाउने भन्ने कुरा व्यक्तिको रुचि र स्वतन्त्रताको विषय हो।’ गत जुनमा जापानी स्वास्थ्य मन्त्री ताकुमी नेमोतोले महिलाका निम्ति कार्यस्थलमा हाई हिल ‘अनिवार्य र उचित’ भएको बताएका थिए।

क्योटो विश्वविद्यालयकी समाजशास्त्री प्रा. कुमिको नेमोतोले बीबीसीसँग जापानी कम्पनीहरूले महिलाको कामभन्दा रूपरङलाई महत्व दिने गरेको र सोहीअनुसार नियम लाद्ने गरेको बताइन्। ‘महिलाले कार्यस्थलमा चश्मा लगाउनु हुँदैन भन्नुको कुनै अर्थ छैन,’ उनले भनिन्, ‘यो लैंगिक विभेद हो। जापानी कम्पनीहरू महिला कामदारको पहिरन र शृंगारमा ज्यादा ध्यान दिइरहेका छन्, उनीहरूको काम र क्षमतामा होइन। यो अत्यन्त दुःखदायी कुरा हो।’

प्रतिक्रिया दिनुहोस