हातको तीनवटै औंला काटिएका प्रकाशलाई आर्थिक सहयोग प्राप्त, भन्छ्न : न्याय दिलाउनुस।

मलेसिया:= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसोबास गरिदैआईरहेका पीडित नेपाली श्रमिक प्रकाश यादबलाई हेल्प मधेसी मलेसिया संस्थाद्वारा आरएम १ हजार १ रिंगेट सहयोग प्रदान गरिएको छ।

नेपाल ठेगाना प्रदेश न. २” को सिरहा जिल्ला कल्याणपुर नगर पालिका वाड न :- ११ मा घर भएको प्रकाश यादव सिन्धुली ओभरसिस म्यानपावरबाट मलेसियाको बातु गजाह पेराकमा अवस्थित बिएच मेटल पार्ट्स एसडीएन बिएचडी कम्पनीमा काम गर्न आएका थिए। आज भन्दा तीन महिना अगाडि कम्पनीभित्रै काम गर्ने क्रममानै मेसिनले हातको तीन वटा औला काटिएको हो।

उक्त घट्नाको बारे पिडित प्रकाश यादव स्वयंले हेल्प मधेसी मलेसिया संस्थामा जानकारी गराउदै सहयोगको लागि गुहार मागेको थियो। उक्त घटना बारे हेल्प मधेसी मलेसियामा जानकारी हुन साथ पिडितलाई संस्थाले यहीँ मिति ११/०१/२०२१ सोमबारका दिन बैंक मार्फत नगद मलेसिया रिङ्गेट आरएम १००१/- ( अक्षरेपी: एक हजार एक मात्र ) नेपालि रुपैयाँ लगभग ३०,०००/- रकम आर्थिक सहयोग गरेको कुरा स्वयंम पीडित प्रकाशलेनै टेलिफोन मार्फत मलाया खबरलाई बताउनुभयो।

पिडितको भनाई अनुसार , कम्पनीमा काम गर्ने क्रममा हाथ मेसिनमा परेर बायाँ हाथको औलाहरु काटिएको थियो । उपचार बेला-बेला कम्पनीले गराई रहदा पनि खाना लाउन लाई सहज नहुदा, हेल्प मधेसि संस्थालाई सहयोगको अपिल गरेको थियो । सोही अनुरुप प्रकाशलाई सहयोग गरिएको संस्थाका अध्यक्ष दिपक मण्डलले बताउनुभयो।

हातको औला काटिएको बिषयबारे पीडित प्रकाश यादव यसो भन्छ्न :

” मैले श्रम स्वीकृति लिएर मलेसिया आएको हुँ, पठाउने म्यानपावरदेखि दुतावासले समेत मलाई अहिलेसम्म स्पष्ट जवाफ दिन सकेको छैन । मैले कम्पनीबाट क्षेतिपूर्ति पाउने/नपाउने बिषयमा समेत कसैले मलाई स्पष्ट जवाफ दिन सकेनन् म अलमलमा छु।’

आफूले सम्बन्धित कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति नपाउने आशंका रहको यादवले बताए । कम्पनीले मेडिकल अनफिट भएको कारण देखाएर नेपाल फर्काउदैछ तर कहिले फर्काउने भन्ने समेत टुंगो लागेको छैन र मलाई जानकारी समेत दिइएको छैन , क्षेतीपूर्तिको त कुरा छोडौं काम गरेको तलब समेत दिएको छैन।
Source-malayakhabar.com

प्रतिक्रिया दिनुहोस