लेस्टर सिटी प्रिमियर लिगको शीर्ष दुईमा

एजेन्सी- लेस्टर सिटी प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा साउथह्याम्टनमाथि २–० को जित निकाल्दै लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

खेलको ३७औँ मिनेटमा जेम्स मेडिसनको गोलबाट लेस्टरले अग्रता बनाएको थियो । दोस्रो हाफको अन्तिम समयमा हार्वे वर्नले गोल गर्दै लेस्टरको जित सुनिश्चत गरेका थिए ।

जितपछि लेस्टरले शीर्ष स्थानको म्यान्चेष्टर युनाईटेडसंगको दूरी १ अंकमा झारेको छ । साउथह्याम्टन २९ अंकसहित तालिकाको आठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस