सरकारी अस्पतालमा आगोलागीको कारण १० नवजात शिशुको मृत्यू

महाराष्ट्रको भन्डारा जिल्लाको सरकारी अस्पतालमा १७ नवजात शिशूलाई भर्ना गरिएको थियो । शुक्रवार राती वच्चाको यो वार्डमा धुवाँ देखिए पछि हँगामा मच्चियो । जसोतसो वच्चाहरुलाई त्यहाँवाट निकालियो तर ढिला भैसकेको थियो । १० शिशूको मृत्यू भईसकेको थियो । राज्य सरकारले यो वारेमा जाँचवुझ शुरु गरिसकेको छ । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री सवैले यो घटना प्रति शोक जनाईसकेको छ ।

महाराष्ट्रको मुख्यमन्त्री उध्दव ठाकरेले जाँचवुृझको लािग आदेश दिएको छ । महाराष्ट्रको गृहमन्त्री घटनास्थल जानको लागि निस्किसकेको छ । उहाँ भन्डाराको सरकारी अस्पतालको भ्रमण गर्नुहुनेछ र घटनाको वारेमा जानकारी पनि लिनुहुनेछ ।

स्वस्थ्य मन्त्री राजेश टोपेले पीडित परिवारको लागि ५÷५ लाख क्षतिपूर्तीको व्यवस्था गरेको छ । जाँचवुझको लागि एक टिम पनि अस्पताल जानको लागि आदेश दिएको छ ।

भन्डारको जिल्लाधिकारी संदिप कदमले आगो राती करिव २ वजे लागेको वताएका छन् । घटनामा १० शिशूको मृत्यू भएको छ । टेक्निसियनहरुले आगो लाग्नुको कारण के हो छानविन गर्दैछन् । अस्पताको मेडिकल डाक्टर श्री प्रमोद खंडातेले अस्पतालकी एक नर्सले सवै भन्दा पहिला धुँवा देखेको वताए । वच्चा जुन वार्डमा राखिएको थियो त्यहाँ लगातार अक्सीजनको आपूर्ति पनि हुने गर्छ । सर्ट सर्किटको कारण आगोलागि भएको वताईन्छ ।

घटनाको वेला यस्तो थियो अस्पतालको हालत ।

रिर्पोटर पंकज खेलकरको रिपोर्ट मुताविक शिशुको यूनिटमा धुवाँ भरिएको थियो । अस्पतालको कर्मचारिहरुले फायर ब्रिगेडको भर्याड् वाट वालकोनीमा चढि ढोका र झ्याल फुटाई दिएको थियो ता कि धुवाँ वाहिर आउन सकोस् । भित्र हेर्दा कोही वच्चा जलिरहेको थियो कोही धुवाँले कालो भईसकेको थियो । त्यो युनिटमा किन कोहि थिएन यो वारेमा पनि छानविन हुनेछ । अस्पतालको मेनेज्मेन्ट र डाक्टरहरुले यो वारेमा जवाफ दिनु पर्ने छ । यो घटनालाई लिएर राष्ट्रपनि रामनाथ कोविंद, प्रधानमन्त्री नरेन्द्र मोदी दुख जनाउँदै ट्विट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस