सुनको मूल्यमा भारी गिरावट, ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौँ, माघ ५ गते । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाल सुन तोलामा रु २०० ले घटेको छ ।प्रतितोला रु ९१ हजार ८०० मा आइतबार कारोवार भएको छापावाल सुन आज भने तोलामा रु ९१ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार ३०० मा कारोवार भएकामा आजका लागि भने रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा रु एक हजार २३० मा कारोवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस