७ वर्षसम्म बाँच्ने अनौठो जीव फेला, जान्नुहोस् यसबारे रोचक तथ्य

काठमाडौं – विश्व रहेका सबै जीवहरु बारे हामिलाई थाहा नहुन सक्छ । वैज्ञानिकले खोज गर्ने क्रममा धेरै अनौठा जीवहरु फेला पारिराखेका छन् । यसैक्रममा वैज्ञानिकले एक अनौठो जीव फेला पारेको बताइएको छ । त्यो अनौठो जीव पानीभित्र पाइने बताइएको छ ।

उक्त जीव दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा भेटिएको हो । उक्त क्षेत्रमा पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डर भेटिएको वैज्ञानिकहरुले बताएका छन् । यो ७ वर्ष भन्दा बढी समयदेखि नहल्लिएको बताइएको छ ।

लामोसमयको खोजपछि वैज्ञानिकले उक्त जीव ओल्म्स (प्रोटियस एग्निस) नामको उभयचर स्यालामेन्डर भएको पत्ता लगाएका छन् । यस जीवले आखा नदेख्ने बताइएको छ । यो सय बर्ष पानी भित्रै बिताउने वैज्ञानिकले बताएका छन् । ओल्म्सले करिब १२.५ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस