१ सय ९३ केजीका १० वर्षे बालकले घटाए आफ्नो तौल

काठमाडों – विश्वमा धेरै मोटो शरिर भएका मानिसहरु छन् । कुनै यस्ता मानिस छन्, जसलाई शरिरकाने मोटोपनले हैरान पारेको हुन्छ । तपाईलाई पत्यार नलाग्ला, तर एक १० बर्षका बालकको तौल नपत्याउदो छ । १० बर्षको उमेर भएको ती बालकको तौल १ सय ९३ किलो थियो । तर अहिले उनले आफ्नो तौल घटाएका छन् ।

हामिलाई थाहा भएसम्म एक पाको मानिसको तौल ६० देखि ७० किलोसम्म मात्र हुन्छ । तर ती बालको तौलले धेरै अचम्मा परे । मोटो शरिर भएका इण्डोनेशिका आर्या परमानाले अहिले आफ्नो १ सय १० किलो वजन घटाएका छन् ।

उनले ४ बर्षको अवधिमा १ सय १० किलो वजन धटाएका हुन् । २०१६ मा उनी १० बर्षको हुदाँ उनको तौल १ सय ९३ किलो थियो । तर अहिले घटेर उनको तौल ८३ केजी भएको छ । उनले आफ्नो वजन घटाउन धेरै नै मेहनत गरे । तौल घटेपछि पछिल्लो समय उनको निकै चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस