९ कक्षामा पढ्ने विद्यार्थीबीच थियो प्रेम, लकडाउनले भेट्न नपाएपछि उठाए यस्तो कदम, प्रहरी समेत चकित्

एजेन्सी । कोरोना जोखिमका कारण विद्यालय बन्द हुँदा एक जोडी विद्यार्थीले गरेको अनौठो कृयाकलापले चर्चा पाएको छ । कक्षा ९ मा अध्ययन गर्ने किशोर किशोरी एक अर्कालाई मन पराउँथे । तर विद्यालय बन्द भएका कारण उनीहरुले एक अर्कालाई भेट्न सकेका थिएनन् । त्यस पछि उनीहरुले जे निर्णय गरे त्यसले सबैलाई छक्क पारेको छ ।

यो घटना भारत गुजरातको हो । कक्षा ९ मा अध्ययनरत ति स्कूले विद्यार्थीले एक अर्कालाई भेट्न नपाएपछि दुवैले विवाह गर्न घरबाट भाग्ने निर्णय गरे। किनकि उनीहरू एक जोडी (दम्पती) जस्तै जीउन चाहन्थे।

टाइम्स अफ इण्डियाको रिपोर्ट अनुसार नाबालिग दम्पतीले डिसेम्बरको अन्तिम साता घरबाट भाग्ने योजना बनाएका थिए। केटाले आफ्नो घरको मन्दिरबाट २५ हजार रुपैया र केटीले ५ हजार रुपैयाँ चोरेका थिए। घरबाट भागेपछि केटा र केटी रानोली रेलवे स्टेशन गए तर त्यहाँ तिनीहरूले कुनै रेल भेट्न सकेन।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यस पछि तिनीहरू दुबै सयाजीगुञ्ज गए जहाँ उनीहरूले निजी ट्याक्सी भाडामा लिएका थिए। केटालाई यस क्षेत्रको राम्रो ज्ञान थियो किनकि उनी आफ्नो परिवारसँग त्यहाँ आउँथे। नाबालिग दम्पतीले त्यहाँ ५ सय रुपैयाँमा भाँडामा एउटा कोठा लिए र श्रीमान्‌(श्रीमतीको रूपमा बस्न थाले, दुवैले घरबाट चोरेर ल्याएको पैसा खर्च गरे । तर त्यो पैसा सकियो केटाले पैसा कमाउन कपडाको पसलमा जागिर पाए। उसले दिनहुँ ३३६ रुपैयाँ कमाउन थाले ।

अर्कोतिर, केटा र केटीका परिवारका सदस्यहरूले उनीहरूको खोजी गर्न थाले । र छानी पुलिसलाई सम्पर्क गरे। यसैबीच, केहि दिन अघि, केटाले आफ्ना साथीहरूसँग सम्पर्क राख्यो, प्रहरीले पनि त्यसबारे खबर पायो । हराएको बेपत्ता भएको १३ दिन पछि उनीहरूलाई प्रहरीले फेला पारेको थियो ।

प्रहरी समक्ष युवा युवतीले भने कोरोनाका कारण मार्च देखि उनीहरुले एक अर्कालाई भेट्न पाएका थिएनन् । एक अर्कालाई निकै मिस गरिरेहेका थियौं त्यसैले हामीले यस्तो निर्णय गरेका हौं । उनीहरुको उमेर सानो भएका कारण परिवारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस