मृत्यु भयो भनिएको बेपत्ता छोरो सामाजिक सञ्जालमा भाइरल भएर पारिवारिक पुर्नमिलनको यो क्षण

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एक मान्छेको तस्विर निकै नै भाइरल भइरहेका छन् । घरबारविहीन भएका एक व्यक्तिको तस्विरले अहिले सामाजिक सञ्जाल तात्तिएको छ । ब्राजिलको स्थानीय सैलुनले उनको कपाल काट्यो, दाह्री काट्यो, र तस्विरसामाजिक सञ्जालमा पोष्ट गरेपछि घरबारविहीन ब्राजिलियन मानिस आफ्नो परिवारसँग पुनर्मिलन हुन सकेका छन् ।

डेली मेलको खबर अनुसार ४५ वर्षीय जोओ कोल्हो गुमेराइज तीन वर्षदेखि ब्राजिलको गोइनियामा घरबारविहीन भएर बसेका थिए, तर उनको परिवारले लामो समयसम्म घर नफर्केपछि उनलाई मृत मानिसकेका थिए । हालसालै उनी पुरुषको कपडा पसल र नाई पसलमा गए, जहाँ मालिक र कर्मचारीहरूले उदारताका साथ उसलाई सफा गर्न र नयाँ कपडा लगाउन अनुरोध गरेका थिए ।

जब गुमेराइजको दाह्री, कपाल काटेर नयाँ कपडा लगाएका तस्विरहरु एकाएक भाइरल भए, तब उसको परिवारले उनलाई पत्ता लगाउन सफल भयो । ग्वाइमेन्स पुरुषको कपडा स्टोर र नाडु पसलमा हिडेका थिए जसलाई पाडू भनिन्छ, धेरै पटक क्यान उठाउँदै हिडेको पनि देख्ने गरिएको थियो । तर एक दिन उनी भित्र पसे । ब्राजिलका गायक समेत रहेका अलेस्सान्ड्रो लोबो, जो पसलको मालिक पनि हुन् ।

उनले यूओएललाई बताए कि गुमेराइजले भित्र पस्दा उनीहरूले केही मागेनन । उनले भनेका छन, ‘उहाँ आउनुभयो र हामीले सोध्यो कि तपाईं भोकाउनु भएको छ वा केहि खान चाहनुहुन्छ ? तर उहाँले मान्नु भएन् , हामीसँग रेजर छ कि छैन म मेरो दाह्री बनाउन सक्नु भन्नुभयो ।’ उनले थप्दै भने, ‘त्यसबेला हाम्रो लागि एउटा विचार थियो र स्टोरमा सबैले बिभिन्न किसिमले सहयोग गर्ने निर्णय गरे, उहाँको सुन्दरता फिर्ता दिन सबैले सहयोग गर्यौं ।’

सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरहरू भन्दा पहिले, गाइमेरीजसँग लगाउनका लागि राम्रो कपडा पनि थिएन् । लामो, गन्दा कपाल र धेरै लामो दाह्री र जुँगाको साथ फेला पारिएको थियो । त्यहाँ पसलका कर्मचारीहरूले उनलाई सफा गरे, उनको कपाल काटेर नयाँ स्टाइल दिए अनी दाह्री र जुँगालाई पनि मिलाइदिएका थिए । उनले पनि नयाँ लुगा फेर्ने निर्णय गरे जसले गइमेरीहरूलाई तीन शर्ट, एक प्यान्ट, एक ज्याकेट, र नयाँ जोडी जुत्ता दिइयो ।

उनको स्वरुप परिवर्तन गर्न पूरा दुई घण्टा समय लाग्यो । सम्पूर्ण टोलीले स्वयम्सेवा गरे र सबैले थोरै भए पनि सक्दो सहयोग गरेपछि देखा परेको आश्चर्यजनक परिणामले सबै चकित परेको लोबोले बोरडपान्डा बताउँछन् । उनले थप्दै भनेका छन, ‘उनी धेरै लजालु स्वभावका थिए, उनले केहि शब्दहरू बोलेका थिए । तर हामीले उनको सन्तुष्टि देख्यौं र उनले हामीलाई धेरै धन्यवाद दिए ।’

प्रतिक्रिया दिनुहोस