पैसा कमाउन नसकेर त’नावमा हुनुहुन्छ ? एक मुट्ठी चामलबाट यसरी पाउनुहोस् चमत्कारीक लाभ

काठमाडौँ । हिन्दू धर्ममा धानचामलको विशेष महत्त्व छ । नामकरण संस्कारदेखि लिएर अन्तिम संस्कारसम्म चामलको उपयोग हुन्छ । चामलसँग सम्बन्धित केही उपाय यस्ता छन् जसले तपाईंका सबै समस्या हटाउँछन् ।

कुनै पनि शुभ मुहूर्त वा पूर्णिमाको अवसरमा बिहान छिटो उठेर नुहाइधुवाइ गरेर बेसार वा केसरले चामलका दाना रंगाउनुस् । चामलको दाना सग्लो हुनुपर्छ ।

त्यसपछि ती दानालाई भगवानमा समर्पित गर्नुस् । मैले चढाएको दाना स्वीकारेर मेरा क’ष्टहरू दूर गर्नुस् भन्दै प्रार्थना गर्नुस् । तपाईं जागिर खोज्दै हुनुहुन्छ वा तपाईंलाई अफिसमा कुनै समस्या छ भने चामलको खीर बनाएर कागहरूलाई खुवाउनुस् ।

केही दिनमै समस्या समाधान हुन्छ। पैसा कमाउन नसकेर त’नावमा हुनुहुन्छ भने आधा किलो चामल लिएर एकान्तमा शिवलिंगको अगाडि बस्नुस् ।

शिवलिंगको पूजा गरेर एक मुट्ठी लिंगमा चढाउनुस् र बाँकी चामल चाहिँ गरीबगुरुवालाई दान दिनुस् । पूर्णिमापछिको सोमवार यसो गर्नुस्।

पाँच सोमवार यसो गर्नुभयो भने तपाईं पैसा कमाउन थाल्नुहुनेछ । पितृदोषका कारण हामीले अनेकथरी समस्या भोग्नुपर्ने हुन्छ। पितृदोष दूर गर्नका लागि चामलको खीर बनाएर कागलाई खुवाउनुस्।

यसो गर्दा पितृहरूको आशिष लाग्छ र बन्द भएका सबै काम सुचारु हुन थाल्छन्। के तपाईं शनिबार जन्मिनुभएको हो ? हो भने यो अवश्य पढ्नुहोस् । थुप्रै मानिसको विश्वास छ कि, जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ।

यसका साथसाथै, दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ ।त्यसकारण त आजकालका मानिस आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरलाई आग्रह गर्ने गर्दछन्।

प्रतिक्रिया दिनुहोस