आज पनि बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ- बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैंयाले बढेर ९२ हजार ५ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुनको मुल्य ९२ हजार रुपैंया कायम भएको छ ।यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय ६० रुपैंया कायम भएको छ ।

यो पनि पढ्नु होस :काठमाडौं। कोरोनाभाइरसले फोक्सोसहित श्वासप्रश्वास प्रणालीलाई मुख्य रुपमा प्रभावित पार्ने वैज्ञानिकहरुले बताइरहँदा एक अध्ययनमा भने धुम्रपान गर्नेहरुलाई कोरोनाभाइरसको संक्रमणको खतरा कम हुने पाइएको छ । धुम्रपान गर्नेहरुका साथै शाकाहारीहरुमा समेत संक्रमणको खतरा कम हुने अध्ययनको निष्कर्ष छ । भारतको सर्वोच्च अनुसन्धान संस्था काउन्सिल फर साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च (सीएसआइआर)को अध्ययनका यस्तो आश्चर्यजनक निष्कर्ष आएको हो । सीएसआइआरले भारतभरी गरेको अध्ययनपछि यस्तो नतिजा निकालेको हो ।

अध्ययनमा रक्त समूह ओ भएका मानिसहरुलाई पनि खतरा कम भएको पाइएको छ । रक्त समूह बी र एबी भएकाहरुलाई भने संक्रमणको खतरा बढी भएको पाइएको छ । द प्रिन्टमा प्रकाशित रिपोर्टअनुसार सीएसआइआरले यो अध्ययनको लागि १० हजार ४२७ जनाको नमूना लिएको थियो । अध्ययनमा सहभागी यी सबै मानिसहरु सीएनआइआरका देशैभरी छरिएका ४० संस्थानमा काम गर्ने कर्मचारी वा उनीहरुका परिवारका सदस्य हुन् । यो अध्ययनको उद्देश्य शरीरमा एन्टिबडीको उपलब्धताबारे जानकारी प्राप्त गर्नु थियो ।

अध्ययनको सुरुवात सीएसआइआर अन्तर्गत इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजी (आइजीआइबी) दिल्लीले गरेको थियो । अध्ययनमा सहभागीमध्ये १ हजार ५८ जना अर्थात १०.१४ प्रतिशतमा कोरोनाविरुद्ध एन्टिबडी भेटियो । आइजीआइबीका बरिष्ठ वैज्ञानिक शान्तनु सेनगुप्ताका अनुसार ३ महिनापछि फलोअप गर्दा ३४५ जनामा एन्टिबडी स्थिर पाइएको थियो । प्लाज्मा गतिविधि भने कम भएको पाइयो । ६ महिनापछि फेरि जाँच गर्दा ३५ जनामा एन्टिबडीको स्तर कम हुँदै गएको पाइयो तर प्लाज्मा गतिविधिको स्तर बढेको थियो ।

सेनगुप्ताका अनुसार अध्ययनमा धुम्रपान गर्नेहरुमा कोरोना संक्रमणको खतरा कम भएको पाइएको छ । उनले कोरोनाले फोक्सोलाई नै सबैभन्दा प्रभावित गरिरहेको पृष्ठभूमिमा धुम्रपानले फोक्सोलाई संक्रमणबाट बचाइरहेको पाइएको भन्दै यो गहन अध्ययनको विषय भएको बताएका छन् । यो भारतमा मात्र नभइ यसअघि न्यूयोर्क, इटली, प्रान्स र चीनमा भएका अध्ययनमा पनि धुम्रपान गर्नेहरुमा संक्रमणको खतरा कम भएको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस