छोरा र छोरी नै फ्लप भएपछि चिसियो करिश्मा शिवको सम्बन्ध !

काठमाडौँ – नायिका करिश्मा मानन्धर र नायक शिव श्रेष्ठको मित्रतामा फा’टो आएको छ। केहि समय अगाडी मात्रै रिलिज भएको एक चलचित्रका कारण श्रेष्ठ र मानन्धरको मित्रतामा फा’टो आएको हो।

नायिका करिश्माको क्रेज नेपाली चलचित्रमा आज पनि उस्तै छ । भलै, उनका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्दैनन्, तर पर्दा बाहिर उनको लोभलाग्दो क्रेजमा कमी आएको छैन ।

करिश्माको सुन्दरताको आज पनि उस्तै चर्चा हुन्छ । कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी करिश्मा आफ्नी छोरी कविता मानन्धरलाई पनि यही क्षेत्रमा अगाडि ल्याउन चाहन्थिन् । करिश्माको योजना त उनले नै निर्देशन गर्ने चलचित्रबाट छोरीलाई यो क्षेत्रमा डेब्यू गराउने भन्ने थियो । तर, यो सफल हुन सकेन ।

चलचित्र राम्रै रहेपनि गलत समयमा रिलिज गरिँदा चलचित्र फ्लप हुन पुगेको करिश्माले बताउने गरेकी छन्। त्यति मात्र नभई चलचित्रमा रहेका छोरीको धेरै दृश्यहरु हटाइएको प्रति पनि उनको असन्तुष्टि छ।

करिश्माले असन्तुष्टि सामाजिक संजालमा पनि पोखेकी छन्। ‘एउटा यस्तो प्रेम कहानी’को शिर्ष गीत शेयर गर्दै करिश्माले लेखेकी छन्,”अरुलाई दो’श दिएर महत्वपूर्ण बनाउन चाहन्नँ । तर, बच्चा त राम्रो थियो ।”

प्रतिक्रिया दिनुहोस