जाँदा-जाँदै रवी लामिछानेले भने !- अन्तिम र मुख्य रिʼपोर्टमा नै कैचि लाईयो, देशको लागी प्रधानमन्त्री बन्न तʼयार छु (भिडिʼयो सहित)

गोर्खाली खबर

५ सेप्टेम्बर सन् १९७४ मा भक्तपुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका समाचारवाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् । मिडियामा काम गरिसकेका उनी मिडियामै काम गर्नेगरी स्वदेश फर्किए । गिनिज बुकमा नाम लेखाउने देखि जनताको समस्या उठाएर चर्चामा आए । चर्चासँग पटक पटक विवादमा आएका उनी हिरासतसम्म पुगेर धरौटीमा रिहा भए । उनको आरोह र अवरोहले भरिएको जीवन यस्तो छः

रवि लामिछानेले आफ्नो प्रारम्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भएका थिए । तर, आइएभन्दा माथिको अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिकाको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्थापकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपालीहरुमाझ लोकप्रीय थिए ।

रवि लामिछानेको व्यक्तिगत जीवनका सुख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जुहारी जस्तै पर्यो ।

सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अर्कालाई दोषी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् । रविसँग अमेरिकाको ग्रीनकार्ड भएको विषय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीनकार्ड त्यागेको घोषणा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ । एक दशक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीनकार्ड छाडेका थिएनन् ।

यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्यागेको घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए । रविको धेरै महिलासँग नाम जोडियो । जसमध्ये लोकप्रीय नायिका करिश्मा मानन्धर पनि हुन् । करिश्मासँग उनी अमेरिकामा लिभिङ टुगेदर बसेको विषय समेत बाहिर आयो । करिश्मालाई पत्रकारहरुले समेत यसबारे प्रश्न सोध्ने गर्थे । रवि लामिछाने हिरासतमा हुँदा उनको समर्थकहरुलाई करिश्माले भेडाको संज्ञा दिएर ट्वीट गरेकी थिइन् ।

२०१९ मा रविले चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । निकिता पनि पारपाचुके गरेर बसेकी थिइन् । उनको पनि छोरी छिन् । दुवैजनाले मन मिलेपछि विवाह गरेका थिए । दुवैले अदालती विवाह दर्ता गरी हिन्दु परम्परा अनुसार विवाह गरे । यो विवाह नेपालमा भएको चर्चित विवाहमध्येको हो । निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलकी छोरी भएकीले पनि विवाहले चर्चा पायो ।

रवि लामिछाने जोखिम मोल्ने सेलिब्रिटी हुन् । उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रीय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पुर्यायो ।
चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने न्यूज २४ टेलिभिजनमा अन्तिम कार्यक्रम गर्दै विदा भएका छन् । सो टेलिभिजनमा ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका उनी आज अन्तिम कार्यक्रम गरेर बिदा भएका हुन ।

जाँदाजाँदै उनले ५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लागेको बताएका छन र आफ्नो अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्टमा नै कैचि लागेको बताएका छन । आज फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै उनले यस्तो बताएका हुन ।

उनले फेसबुकमा लेखेका छन,- “दुख लाग्यो…५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लाग्यो। अन्तिम कार्यक्रम Live गर्न नपाउदा दुख लाग्यो, अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्ट नै का,टिएकोमा झन दुख लाग्यो। हाम्रो टिमले तयार पारेको अन्तिम रिपोर्टमा के थियो त जुन प्रशारण गरिएन? त्यो सामग्री पोष्ट गर्दैछु।”

त्यस्तै जाँदाजाँदै उनले सञ्चारमाध्यममा बोल्दै आफू देशको लागी प्रधानमन्त्री बन्न तयार भएको बताएका छन ।

– हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस