रूखमाथि बनाइएको यो अचम्मको रेस्टुरेन्ट

गोर्खाली खबर

काठमाडौँ- हामीले विभिन्न ठाँउ अनुसारको विशेषता भएका होटलहरु देखेका छौँ ।जापानमा भने एउटा अपत्यारिलो तर सत्य, रुखमा रेस्टुरेन्ट बनाएको पाइएको छ । जसको नाम हो ‘नहा हार्बर डिनर’ । यो धेरै मानिसहरुको मन पर्ने रेस्टुरेन्ट हो । यो रुखमाथि बनेकै कारण विशेष भएको छ ।

यसको बनावटले नै सबैको ध्यान खिच्ने गर्छ । यो जापानमा ओकीनावाको बनयान टाउन सपिङ सेन्टरमा बनेको छ । रेस्टुरेन्टमा खेतका ताजा तरकारीबाट विशेष प्रकारका आइटमहरु बनाउने गर्छन् ।

यो एक आर्किटेक्चरको नमूना हो, जहाँ यो रेस्टुरेन्ट बनेको छ । यो जमिनबाट जम्मा २० फिट माथि छ । माथि जानको लागि घुमाईएको सिँढी बनाइएको छ ।– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस