हृदयबिदारक!! ६ महिना मै बाबुआमाको काख खोसिएर यी नानी बनिन् अनाथ, टिप्परले आमा बाबु दुबैको ज्यान लियो, यिनी भने बाँचिन्

गोर्खाली खबर

भारतको गुजरातमा एक टिप्पर अनियन्त्रित भै सडक किनारमा सुतेका मजदुरहरु माथि चल्दा १५ जनाको मृत्यु भएको थियो ।त्यही घटनामा आमा बाबु गुमाएकी एक ६ महिनाकी बालिका भने बाँचेकी छिन् ।

यस्तो दुखद घटना भारतको गुजरातमा भएको थियो जहाँ सडक किनारमा सु ति रहेका मजदुरमाथि ट्रक गुडेको थियो । यो घटना गुजरातको सुरत भन्ने शहरको हो ।उक्त ट्रकले किच्दा १५ जनाको मृत्यु भएको थियो । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा ती मजदुरहरु सु ति रहेका थिए ।

मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।
यो दर्दनाक घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।ती बालिकाका आमा बाबु पनि मजदुरी गर्थे र सडक किनारमै सुतेका थिए । तर बच्ची भने सकुशल छिन् । उनी ६ महिनाकै उमेरमा आमाबाबु बिहिन भएकी छिन् ।

सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा राति यो घटना भएको हो । उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सु ति रहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ ।

ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् । प्रहरीले घाइतेहरुमध्ये धेरैजसोको अवस्था गम्भीर रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस