१० नेपालीद्वारा विश्वकै दोस्रो अग्लो माउन्ट केटुको आरोहण, रचे इतिहास

गोर्खाली खबर

काठमाडौं । नेपालका १० पर्वता रोहीले हिउँद याममा विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटु आ’रोहणको कीर्तिमान राखेका छन् । उनीहरुले स्थानीय समयानुसार शनिबार दिउँसो ४ बजेर ५८ मिनेटमा पाकिस्तानमा रहेको शिखरको सफल आरोहण गरेका हुन् । किलर समिट वा स्याभेज माउन्टेन भनेर चिनिने केटु हिमालमा यसअघि हिउँदमा आरोहण गर्न सकिएको थिएन ।

यो इतिहास रच्ने दशैजना नेपाली शेर्पा आरोही हुन् । हिउँदमा आरोहण हुने नसकेको आठ हजारभन्दा अग्लो शिखर केटु मात्र बाँकी थियो । आज इतिहास रच्नेहरु निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा जी, सोना शर्पा, मिङ्मा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा हुन् ।

समुद्र सतहबाट केटुको उचाइ ८ हजार ६११ मिटर छ । आरोही मध्ये मिङ्मा जीले अक्सिजनबिना आरोहण गरेको बताइएको छ । यो आरोहणलाई आरोहण इतिहासकै सबैभन्दा ठूलो उपलब्धि र सबैभन्दा साहसिक काम भएको दाबी गरिएको छ । आरोहण सफल भएको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस