६१ वर्षकी आमाले आफ्नै छोराको सन्तान जन्माएर हजुरआमा बनिन् (पूरा हेर्नुस्)

गोर्खाली खबर

सुन्दा निकै नै अचम्म लाग्न सक्छ तर कुरा सत्य हो ।६१ वर्षकी एक महिलाले आफ्नै छोराको सन्तान जन्माएर हजुरआमा बनेकी छिन् । आफ्ना समलिंगी छोरा र उनका श्रीमानको लागि सेरोगेसीमार्फत आमा बनेकी सेसिले एलेज नामकी ती महिलाले छोराकी छोरी अर्थात नातिनी जन्माएकी हुन् । सेसिलेका समलिंगी छोरा म्याथ्यु एलेज र उनका श्रीमान एलियट डोहर्टीकी छोरीको नाम उमा लुइस राखिएको छ ।

बीबीसीको रिपोर्टअनुसार उनका छोरा र डोहर्टीले परिवार सुरु गर्न चाहेको बताएपछि सेसिलेले आफूले सन्तान जन्माइदिने प्रस्ताव गरेकी थिइन् । ‘त्यतिबेला उनीहरु सबै हाँसे’ सेसिलेले बीबीसीसँग भनिन् ।

छोराहरुलाई प्रस्ताव गर्ने बेला नेब्रास्काकी सेसिले ५९ वर्षकी थिइन् । उनका अनुसार सुरुमा उनको प्रस्ताव उनको परिवारमा हाँसोको विषय बनेको थियो ।जब उनीहरुले सेसिलेको प्रस्ताव गम्भीर रुपमा लिए र उनीबाट सन्तान जन्माउने विकल्पका बारेमा खोज्न थाले चिकित्सकले यो विकल्प निकै जटिल भएको बताए ।

सेसिलेको कैयौं स्वासथ्य परीक्षण गरियो र अन्ततः उनलाई सेरोगेसीबाट सन्तान जन्माउन योग्य घोषित गरियो । ‘म स्वासथ्यप्रति धेरै संवेदनशील छु’ सेसिलेले भनिन् ‘मैले बच्चा हुर्काउन सक्दिन कि भन्ने शंका गर्ने कुनै कारण थिएन ।’ सेरोगेसीका लागि सेसिलेका छोरा म्याथ्युले वीर्य र डोहर्टीकी बहिनी लियाले डिम्ब दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस