बिहे पछि खुल्यो पति तालु खुइले भएको रहस्य, श्रीमतिले चालिन् यस्तो कदम

एक महिलाले केटो मन पराइन् धुमधाम बिवाह समेत भयो । बिवाह पछि यस्तो खुल्यो रहस्य, जसले परिवारमा समस्या ल्यायो । यो घटना भने भारतको हो ।

भारतीय मिडियामा छापिएको समाचार अनुसार, त्यहाँ श्रीमान् तालुखुइले भएको थाहा पाएपछि उनकी २७ वर्षकी श्रीमतीले मु द्दा हालि दिएकी छिन् । उनले श्रीमान र उनका परिवारमाथि आफूलाई धो’का दिएको आरोप लगाएकी छिन् ।

मुम्बइको मीरा रोडमा बस्ने २९ वर्षका ती युवकले बिहे गर्नकै लागि आफू तालुखुइले भएको कुरा लु’का’ए’को भन्दै उनकी श्रीमतीले नयाँ नगर पुलिस स्टेशनमा मु द्दा दिएकी छिन् ।

‘ती पुरुषले चार्टर्ड एकाउन्टेन्ट महिलासँग यही वर्षको सेप्टेम्बरमा बिहे गरेका थिए । महिलाले पछि उनका श्रीमान तालुखुइले भएको र विग लगाइरहेको थाहा पाइन्’ नया नगर पुलिस स्टेशनका सिनियर इन्स्पेक्टर कैलाश बार्वेले भने ।

यसअघि ती महिलाले आफ्नो घरका अन्य सदस्यहरुसँग यो कुरा उठाएर आफूलाई उनी तालुखुइले भएको जानकारी नदिइ धो’का दिएको भनेकी थिइन् । गत मंगलबार उनी नयाँ नगर पुलिस स्टेशन गएर आफ्ना श्रीमान र उनको परिवारविरुद्ध उजुरी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस