शव काँधमा बोकेर पूर्व सैनिक प्रहरी २ किलोमिटर टाढाको चौकीमा पुगेपछि….

गोर्खाली खबर

एजेन्सी । आफुले चलाएको गाडीले ठक्कर दिएर निधन भएका ब्यक्तिको शव बोकेर प्रहरी चौकी पुगेको घटना अहिले भारतीय मिडियामा चर्चा पाएको छ । उनी एक पूर्व सैनिक हुन् ।

न’शा मा रहेका भारतीय पूर्व सैनिकले चलाएको कारले एक जनालाई ठक्कर दिए । घटनास्थलमै निधन भएका ति ब्यक्तिको शव उनी आफैले उठाए । कार चलाउन मिल्ने थिएन । त्यसैले उनी शव काँधमा बोकेर हिड्न थाले ।

ठक्करबाट ज्यान गुमाएका ती व्यक्तिलाई पूर्व सैनिकले काँधमै बोकेर झण्डै साढे २ किलोमिटर टाढाको प्रहरी चौकी पुगेका छन्। यो घटनामा भारतको छत्तिसगढको बलरामपुरको हो।

प्रहरी चौकीमा पुगेर शव त्यहाँ राखेपछि उनले आफूले घटना गराएको स्विकारेका थिए। ति सैनिकको नाम लालमन मरावी रहेको छ। भारतीय प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

बलरामपुर जिल्लाको वाड्राफनगर विकास खण्डमा भएको यो घटनाले आम मानिसलाई चकित तुल्यायो। दुई किलोमिटर हिड्दै ती पूर्व सैनिकले शव प्रहरी चौकीमा पुर्याएका हुन।

प्रतिक्रिया दिनुहोस