बच्चा जन्माउन माइती पुगिन् करिना

गोर्खाली खबर

ल्म रिफ्युज़ीबाट बलिउडमा डेब्यु गरेकी चर्चित अभिनेत्री करीना कपुर एक सर्वाधिक चर्चाकि नायिका हुन् । उनले रिफ्युज़ीबाट बेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् ।

नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने करिना दोस्रो सन्तानलाई जन्म दिदैछिन् ।छोरा तैमुरलाई जन्म दिएको करिब ४ वर्षपछि फेरि परिवारमा नयाँ सदस्य थप गर्न लागेको उनीहरुले औपचारिक जानकारी दिइसकेका छन् ।

उनको गर्भावस्थाको फोटो र भिडियोहरु भाईरल भइरहेको छ ।गर्भावस्थाको बेलामा उनका पति सेफ अलि खानले उनको विशेष ध्यान राखिरहेका छन् । त्यसो त उनी उनका प्रिय साथीहरु र दिदी करिश्मा कपुरसँग धेरै समय बिताउँछिन् ।

हालै मात्र उनले तस्विरहरु शेयर गरेकी छिन् । जहाँ उनी आफ्नो माईतीको परिवारसँग रमाइरहेको देख्न सकिन्छ । कपुर परिवार र खान परिवार अत्यन्तै नजिक छन् र एकअर्काको घरमा आउ जाउ गरिरहन्छन् ।

प्रतिक्रिया दिनुहोस