रोकिएन सुनको मूल्य घट्ने क्रम, आज पनि अचम्मित पार्ने किसिमले घट्यो : हेर्नुहोस् कति पुग्यो !

गोर्खाली खबर

काठमाडौं । साप्ताहिक कारोबारको पहिलो दिन आज (सोमबार) समेत नेपाली बजारमा पहेँलो धातु (सुनको) मूल्य ओरालो लागेको छ । गत शुक्रबारदेखि नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । यसअघि आइतबार पनि सुन तोलामा ३ सय रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ प्रतितोला कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबार तोलामा ३ सय रुपैयाँ घट्दा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन (माघ ९ गते, शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ प्रतितोला थियो ।

यसअघि, शुक्रबार पनि सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको थियो । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ थियो ।

सोमबार पनि चाँदीको मूल्य भने स्थीर रहेको छ । गत शुक्रबारदेखि चाँदीको मूल्यमा कुनै उचारचढाव नआएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँ छ । यसअघि हिजो सोमबार र गत साताको साप्ताहिक कारोबारको अन्तिम दिन (माघ ९ गते, शुक्रबार) पनि चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँ नै थियो ।

बिहीबारको तुलनामा शुक्रबार भने चाँदीको मूल्यमा केही गिरावट आएको थियो । माघ ८ गते बिहीबारको तोलामा शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको थियो ।

प्रतिक्रिया दिनुहोस