यि महिलाले विश्वभरकै डाक्टरलाई पारिन् चकित्, डाक्टरले गरे ३१ पटक जाँच

गोर्खाली खबर

एजेन्सी । भारतकी यि महिलाले फेरी एक पटक विश्वभरका विशेषज्ञलाई चुनौती दिएकी छन् । भारतको राजस्थानस्थित भरतपुरकी एक महिलामा देखिएको कोरोनाले विशेषज्ञलाई हैरान पारेको छ ।

शारदा देवी नामकी ती महिला पछिल्लो पाँच महिनादेखि कोरोना संक्रमित छन् । उनले जतिपटक कोरोना परिक्षण गराएपनि उनको रि’पो’र्ट पोजेटिभ आइरहेको छ । पहिलोपटक उनको सेप्टेम्बर ४ मा कोरोना परीक्षणको रि’पो’र्ट पोजिटिभ आएको थियो । त्यस यता उनले धेरै पटक कोरोना परिक्षण गराइसकिन तर सबै पोजेटिभ आएपछि डाक्टर पनि हैरान भएका छन् ।

पाँच महिनामा उनको ३१ कोरोना परीक्षण भइसकेको छ भने सबै पोजिटिभ आएको छ। उनको उपचारमा खटिएका डाक्टरहरुलाई समेत शारदा देवीमा देखिएको कोरोनाले हैरान पारेको छ।

अहिले उनलाई थप जाँच परीक्षणका लागि अर्को अस्पताल सारिएको छ। उनी आश्रममा बस्ने महिला हुन्। उनको आमाबुबाको निधन भइसकेको छ। उनलाई घरबाट समेत निकालिएको थियो। त्यसपछि उनी आश्रम बस्नथालेकी थिइन्। सेप्टेम्बरमा पहिलोपटक कोरोना परीक्षणमा पोजिटिभ रि’पो’र्ट आएको थियो।

कोरोना लागेपछि उनको शरीरको तौल समेत निरन्तर बढिरहेको छ। यसलाई डाक्टरहरुले आश्चर्य मानेका छन्। उनलाई फेरि अर्को अस्पताल सार्ने तयारी गरिएको छ। नवभारत टाइम्सबाट

प्रतिक्रिया दिनुहोस