भेन्टिलेटरमा जानु अघि कोरोना संक्रमितले अस्पतालमै गरे विवाह, त्यसपछि भयो यस्तो चमत्कार

गोर्खाली खबर

बीबीसी । मुलुक अहिले कोरोना महामारीको चपेटामा छ । यस्तो अवस्थामा पनि विश्वका केही स्थानवाट कहिले काँही सुखद समाचार आउन थालेका छन् । कोरोना महामारीकै बीच केहीले अनौठो काम गरेर अरुका लागि प्रोत्साहन गर्न सहयोग गरेका छन् ।

यस्तै कोरोना संक्रमित एक ब्यक्तिले आफु भेन्टिलेटरमा जानु अघि प्रेमिकासंग विवाह गरेका छन् । उनले जिवनको अन्तिम अवस्था आउँदा पनि प्रेमिकालाई आफ्नो बनाएरै छोड्ने अठोट गरे । कोभिड(१९ बाट सङ्क्रमित भएका कारण अस्पताल पुर्‍याइएका एक जोडीले पुरुषलाई बेहोस बनाई भेन्टिलेटरमा राखिनुअघि विवाह गरेका हुन्।

३१ वर्षकी एलिजाबेथ कर र ३६ वर्षका साइमन ओ ब्रायनको श्वासप्रश्वासमा समस्या देखिएसँगै ज्यानुअरी ९ तारिखमा यूकेस्थित मिल्टन कीन्स युनिभर्सिटी अस्पताल पुर्‍याइएको थियो।

अस्पताल भर्ना गरिएका पुरुषको अवस्था बिग्रँदै गएपछि त्यहाँका कर्मचारीहरूले विवाहको प्रबन्ध मिलाएका थिए । वैवाहिक कार्यक्रम सम्पन्न नहुँदासम्म उनीहरूले ओ ब्रायनलाई एउटा ट्युबबाट सास फेर्न सहज पारिदिएका थिए। उक्त दम्पती हाल निको हुने क्रममा छ।

पेसाले नर्स कर र ओ ब्रायनले आगामी जुन महिनामा विवाह गर्ने योजना बनाएका थिए। तर उनीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएसँगै अक्सिजनको तह निकै कम पुगेपछि अस्पताल दौडाइएको थियो।

सुरुमा उनीहरूलाई फरक वार्डमा राखिएको थियो। तर करले नर्स हाना क्याननलाई आफूहरूको विवाह गर्ने योजना सुनाएपछि ती नर्सले अस्पतालमा विवाह गर्ने विषयमा सोधेकी थिइन्।

करका अनुसार उनलाई विवाह गर्ने यो नै अन्तिम मौका हुनसक्ने बताइएको थियो। यी त्यस्ता शब्द हुन जुन म फेरि कहिल्यै सुन्न चाहन्न, उनले भनिन। विवाह सम्पन्न भएको केही समयपछि नै ओ ब्रायनलाई भेन्टिलेटरमा राखियो।

प्रतिक्रिया दिनुहोस