समय धेरै छोटो छ। जीवनमा खराब भावना, दुस्मनी र बदालाको लागी आफ्नो अमुल्य समय बर्बाद नगर्नुहोस्!

गोर्खाली खबर

बेलायत बाट जानकी पन्त जुनु लेख्नु हुन्छ :
समय धेरै छोटो छ। जीवनमा खराब भावना, दुस्मनी र बदालाको लागी आफ्नो अमुल्य समय बर्बाद नगर्नुहोस्! माफ गर्न सिक्नुहोस्! नराम्रा कुरा बिर्सनुहोस्! न अरुलाई ठेस पुर्याउनुहोस न आफुलाई ठेस लाग्न दिनुहोस! सधै शान्ति र आनन्दमा रहनुहोस्।

जीवन सुन्दर छ, सकारात्मक विचार र न्यानो मुस्कानको साथ प्रत्येक दिन सुरु गर्नुहोस्। चिन्ता कम, मुस्कान धेरै बनाउनुहोस्! केहि गुमाएकोमा नपछुताउनुहोस्, बस यसबाट सिक्नुहोस् र अघि बढ्नुहोस्। तनाव छोड्नुहोस्, खुशी महसुस गर्नुहोस्! आफ्नो हृदय लाइ साझा गर्नुहोस्, दया, प्रेम, प्रेरणा र हौसला आपसमा बाड्नुहोस् !

संसारमा कोही पनि सिद्ध या पूर्ण छैन्। त्यसैले धेरै चिन्ता नगर्नुहोस अनि आफुलाई अरु संग नदाज्नुहोस! बस आफु हुनुको महसुस गर्नुहोस्, आफैमा ध्यान केन्द्रित गर्नुहोस। आफैलाई बढी समय दिनुहोस्! आफैलाई बढी माया गर्नुहोस।

अरूलाई चोट नपुराउनुहोस् । खाँचोमा परेकाहरूलाई सहयोग गर्नुहोस्। कहिल्यै केहि सिक्न पछि नपर्नुहोस्! कहिल्यै सपना देख्न नछोड्नुहोस् र जीवनमा आशा नहटाउनुहोस्। जीवनमा राम्रो लक्ष्य बनाउनुहोस् र यसमा ध्यान केन्द्रित गर्नुहोस्। सधै उत्प्रेरित, सक्रिय र रचनात्मक रहनुहोस्। जीवनमा हरेक साना चीजहरूको आनन्द लिनुहोस्। प्रकृतिको सौन्दर्यताको आनन्द लिनुहोस्।मिठो संगीतको आनन्द लिनुहोस्!

सधै सकारात्मक रहनुहोस्, सकारात्मक सोच्नुहोस्। नकारात्मकता लाइ जीबन बाट काट्नुहोस्। नकारात्मक मानिसबाट टाढा रहनुहोस्। अहंकार, ईर्ष्या र आरिस बाट टाढा रहनुहोस्। नम्र, दयालु र मायालु बन्नुहोस । जीवनको मूल्यांकन गर्न र कृतज्ञता व्यक्त गर्न सिक्नुहोस्। प्रार्थना गर्न सिक्नुहोस्। सधै खुशी रहनुहोस्, स्वस्थ रहनुहोस अनि मस्त रहनुहोस!

धन्यबाद, सबैमा शुभ दिनको कामना । Source;-www.scotnepal.com

प्रतिक्रिया दिनुहोस