सुनको मूल्य आज पनि ह्वात्तै घट्यो, कतिमा हुदैछ आज कारोबार ?

गोर्खाली खबर

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि बुधबारको तुलनामा रु ५ घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो पनि:किन झमझमाउँछ हातखुट्टा ? यस्तो भए के गर्ने ? जान्नुस धेरैको साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु । प्रायःले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महशुस गर्छन् । खाशमा यसो हुनुको ६० देखि ७० प्रतिशत कारण मानसिक हो ।

मानसिक रुपमा त्यस्तो महशुस गरेर धेरैले आफूलाई यो समस्या कहिल्यै समाधान नभएको भनेर अस्पतालको चक्कर काट्छन् । किन त्यस्तो महशुस हुन्छ त ?तनाव, थकान र चिन्ताका कारण यस्तो हुन्छ । जसले गर्दा हातखुट्टा तातेको र झमझमाएको महशुस हुन्छ । यसैगरी २० देखि ३० प्रतिशतको हताखुट्टा झमझम गर्नु रोगको कारण पनि हुन सक्छ । डायबिटिज भएको मान्छेलाई यस्तो हुनु सामान्य कारण मानिन्छ ।

अर्काे वाथरोग हो । यसैगरी भिटामिन बी १२, बी ६ को कमीले पनि यस्तो हुन सक्छ । नशाकै कारणले पनि हुन्छ कहिलेकाहिँ । कतिपय अवस्थामा जोर्नीहरु, हातको कुहिनो र कुम, खुट्टाको घुँडामा नशा च्यापिएर पनि झमझमाउन सक्छ ।

स्पाइनल कडमा ट्युमर वा इन्फेक्सन भएपनि यस्तो समस्या हुन्छ । चोटपटकबाट घाइते हुँदा पनि यस्तो हुन्छ । अर्काे कारण सिरिङ्गोमायलिया हो । यो भनेको स्पाइनलमा पानी जम्ने हुन्छ । कतिपय अवस्थामा भने दिमागको पुगेको चोटले पनि यस्तो हुन्छ ।

डाक्टरलाई देखाउने अवस्था विविध कारणल यस्तो हुने भएकाले ठूलै रोग पो लाग्यो कि भनेर आत्तिने गर्नुहुँदैन । आफूले कति पीर, चिन्ता र तनाव लिइरहेका अवस्था छ त्यतातिर ध्यान दिने र त्यसलाई कम गर्ने पहिलो उपाय हो ।

प्यारालाइसिसका संकेत देखियो भने चाहिँ डाक्टरलाई देखाउनुपर्छ ।यदि निकै कमजोरी महशुस भयो, झमझमाइरहँदा हातले केही समाउन मुश्किल पर्न थाल्यो र हिँड्न मुश्किल भयो भने डाक्टरलाई देखाउनुपर्छ ।

त्यसैगरी ढाड, गर्धन दुख्यो भने स्पाइनलको समस्या हुन सक्छ । झमभमाइरहेको अवस्थामा मांशपेशी सुक्दै गए, हत्केला सुक्दै गए भनेपनि समस्या जटिल भएको ठान्नुपर्छ ।यस्तो भए के गर्ने ? दुईचार दिन झमझमायो र निको भयो भने केही गर्नुपर्दैन ।

लगातार लामो समय झमझमायो भने अस्पताल गइहाल्नुपर्छ । सुरुमा ब्लडमा सुगरको मात्रा जाँच्नुपर्छ । त्यसपछि बाथरोग भएको वा नभएको छुट्याउन जाँच गर्नुपर्छ । यसरी प्रक्रियागत रुपमा जाँच गर्दा केही देखिएन भने साइक्याष्ट्रिक र न्युरोलोजिष्ट वा न्युरो सर्जनलाई देखाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस