यि घरेलु उपाय अपनाउनुहोस कपाल झर्ने र टुक्रिने समस्याबाट ढुक्कहुनुहोस

गोर्खाली खबर

कपालले मानिसहरुलाई सुन्दर र आकर्षण देखाउँछ र सुन्दरतामा निखार ल्याउँछ । कसैलाई मन नपर्ला र ? सर्लक्क परेको कपाल।त्यसैले सबैले चाहन्छन् आफ्नो कपाल सर्लक्क र राम्रो होस् भन्ने। सोहि कारण मानिसहरु आफ्नो कपाल राम्रो बनाउनको लागि मानिसले धेरै मेहनत गर्छन्।

तर कहिलेकाही आफुले सोचेअनुरुप भइदिदैन। विभिन्न कारणले गर्दा कपालमा अनेकौं समस्या निम्तन सक्छ । जुन पायो त्यही सौन्दर्य सामग्रीको प्रयोग गर्दा पनि कपालको चमक हराउँछ।

कपाल झर्ने, हाँगा पलाउने, टुक्रिने जस्ता समस्या अधिकांशको हो।यस्तो समस्याले धेरैलाई सताएको पाइन्छ । हालसालै गरीएको एक अध्ययन अनुसार, दैनिक करीब १०० वटा कपाल झर्नु सामान्य कुरा हो तर, तपाईंलाई त्यो भन्दा धेरै झरेको जस्तो लाग्छ भने त्यो चाहि चिन्ताको कुरा हो।

यदी कपाललाई प्राकृतिक तरीकाले हेरचाह गर्यौं भने कपाल झर्ने, कम उमेरमै कपाल फुल्ने, चाँया पर्ने जस्ता कुराबाट बच्न सकिन्छ। सहि तरीकाले कपालको हेरचाह नगर्दा आजकाल धेरै महिला पुरुषलाई कपालको समस्या सताएको पाइन्छ।

यदि तपाई पनि यो समस्याबाट हैरान हुनुभएको छ भने हामी तपाईलाई यस समस्याबाट मुक्ति मिल्ने घरेलु उपाय दिँदै छौं। जुन तपाईले अपनाउनु भयो भने सो समस्याबाट मुक्ति पाउन सक्नुहुनेछ।

१) दहीमा कागतीको रस मिसाएर नुहाउने गर्नुहोस्। यसो गर्नाले कपाल झर्नबाट बचाउन सकिन्छ।२) अमला टुक्रा बनाउने र त्यसमा नरिवलको तेल राखेर एकछिन घाममा राखेर तातो बनाउने। सेलाएपछि यसलाई बिस्तारै कपालको जरामा लगाउने । यसो गर्दा पनि कपाल झर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ।

३) अण्डाको पहेँलो भागलाई निकाल्ने र त्यसलाई २ मिनेटजति घोल्ने। घोलिसकेपछी उक्त त्यसलाई कपालमा लगाउने। यसले कपाललाई मजबुत बनाउँछ।४) ग्रीन टिलाई पानीमा उमाल्ने र त्यसलाई एक घण्टासम्म सेलाउन दिने। सेलाएपछि त्यो रसमा कागतीको रस मिसाउने।त्यसपछि ग्रीन टी र कागतीको रस मिसाइएको घोललाई कपालमा लगाउने । यसले पनि कपाल झर्नबाट रोक्छ।

५) घ्यु कुमारीमा रहेको चिल्लो पदार्थ निकालेर कपालमा लगाउने र आधा घण्टा पछि सफा पानीले पखाल्ने। यस्तो गर्दा कपाल झर्ने समस्यामा कमि आउँछ।६) अनारको बोक्रालाई मसिनो हुने गरि पिसेर कपालमा लगाउनाले पनि कपाल झर्ने समस्या हट्दै जान्छ।

७) प्याज काटेर टुक्रा-टुक्रा पार्ने र शुद्द पानीमा राखेर त्यसलाई उमाल्ने। र त्यसलाई निकालेर त्यसै छाडिदिनुहोस्। पानीमा प्याजको कलर आएपछि त्यसमा कागतीको रस मिसाएर त्यसले कपालमा मसाज गर्ने। यसो गर्दा पनि कपाल झर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस