वास्तुशास्त्र अनुसार यी पाँच दोषले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती, यसरी हटाउनुहोस् !!

गोर्खाली खबर

वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ ।मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् ।

वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ।

यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ ।१. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ ।

फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सूई इनर्जी भित्रिने गरिन्छ । फेंग सूईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने बताएको छ ।

२.घरको मुख्य ढोका घरका अन्य ढोकाभन्दा ठूलो हुनुपर्छ । यदि यो सानो भए आर्थिक समस्याको सामना गर्नुपर्छ । ३. सूर्योदयका बेला घरको झ्याल ढोका खुल्ला हुनुपर्छ । यसले सकारात्मक ऊर्जा घरमा भित्रिन सहयोग गर्छ । यतिबेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्यसम्बन्धि समस्या झेल्नुपर्छ ।

४.घरका कुनै पनि ढोकामा वा त्यसको पछाडि चक्कुलगायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन । यसो गर्दा परिवारका सदस्यबीच संघर्ष र तनाव बढ्नसक्छ।५. घरको कुनै पनि बेडरुममा वास बेसिन हुनु हुँदैन । यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ । यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगाडि पर्दा राख्नुहोस् ।

यो पनि पढ्नुहोस् :सफलता साथै धनी तथा खुशी बन्ने केही उपायहरु यस्ता छन् !!!:पैसा कमाउनमात्रै केन्द्रित नहुनुहोस्::कुनै पनि काममा सफलता पाउनका लागि लगाव जरुरी हुन्छ । तपाईंको सफलतामा तपाईंले त्यो काम गर्दा दिने समय, मेहनतआदी निर्भर हुन्छन् । तपाईंले धनी बन्ने सपना देख्दै गर्दा केवल पैसाको पछि मात्रै दगुर्नुभयो भने तपाईंलाई ठेस लाग्न सक्छ ।

त्यसकारण पहिला आफ्नो दृष्टिकोण बदल्नुहोस् । पैसालाई प्राथमिक लक्ष्यका रूपमा कहिल्यै नलिनुहोस् । पैसा भनेको त काम गरेपछि प्राप्त हुने एक वस्तुमात्रै हो ।

सहयोगी बन्नुहोस्:सफल हुने विभिन्न सुत्रहरूमध्ये सहयोग पनि एक सुत्र हो, जसले तपाईंलाई खुशी दिलाउँछ । आर्थिक तथा अन्य तरिकाले अरूलाई सहयोग गर्न सकिन्छ । तपाईंले सहयोग गरेको व्यक्तिले नै तपाईंलाई लक्ष्य प्राप्तिका लागि सहयोग गर्न सक्छन् । विश्वास गर्नुहोस्, तपाईंको सफलता नजिकको मानिसको सफलतामा आधारित हुन्छ ।

पैसा बारे सोच्न बन्द गर्नुस्, सेवा बारे सोच्नुस् :तपाईंको नजिक केही ग्राहक छन् भने तपाईं पैसा कमाउनमा बढी जोड दिन थाल्नुहुन्छ । तपाईंको बानी नै हर काममा पैसाको हिसाब गर्ने हुन जान्छ । तर तपाईंले एक हजार मानिसलाई मात्रै पनि सहयोग गर्नुभयो भने तपाईंलाई अन्य लाभ पनि प्राप्त हुन्छ ।

मय तालिका अनुसार चल्नुहोस्:आफ्नो काममा केन्द्रित हुनका लागि तपाईंलाई समयको आवश्यकता हुन्छ । त्यसकारण तपाईंले समयतालिका बनाउनुहोस् र सोही अनुसार चल्ने बानी बसाल्नुहोस् । यसले तपाईंलाई लक्ष्य प्राप्तिका लागि थप सहज बनाउँछ ।

कामको आफैं मूल्यांकन गर्नुहोस् :आफूले गरिरहेका कामले सफलता दिलाउँछ ? यसबारे तपाईंले आत्मसमीक्षा गर्नु अत्यन्तै आवश्यक हुन्छ । हरेक दिनको कामको समीक्षा तपाईं रातमागर्न सक्नुहुन्छ । यस्तै हरेक हप्ता समीक्षा गर्नुहुन्छ । यस्तो बानीले तपाईंलाई सफल बनाउन उत्प्रेरित गराउँछ ।

प्रतिक्रिया दिनुहोस