अचम्म एकसाथ ९ प्रेमिकालाई गर्भवती बनाए यी युवकले

गोर्खाली खबर

काठमाडौं । उनी स्टन्टका राजा भन्ने उपनामले पनि परिचित छन् । उनी जहाँ जान्छन् विवाद उनीसँगै उब्जिन्छ ।नाइजेरियाका प्रिटी माइक नामक एक पुरुषले एकसाथ आफ्ना ६ जना प्रेमिकालाई गर्भवती बनाए ।

उनको खास नाम माइक इजी न्वाली न्ओगु हो । गत नोभेम्बरमा अभिनेता विलियम्बस उचेम्बोको विवाह समारोहमा उनले आफ्ना ६ जना गर्भवती प्रेमिकालाई सँगै लगे । विवाह समारोहमा आफुसँगै लगेका ६ जना गर्भवती प्रेमिकाको गर्भावस्थाको पेट उनले सुम्सुम्याएको तस्वीर निकै भाइरल बनेको थियो ।

उनले आफू र आफ्ना ६ गर्भवती प्रेमिकाको तस्वीर इन्स्टाग्राममा पोष्ट गर्दै आफूहरु निकै उत्कृष्ट जीवन बिताइरहेको बताएका छन् ।स्मरण रहोस् केही वर्षअघि नाइजेरियाको राजधानीको सडकमा केटीहरुलाई कुकुर जस्तै घुँडा टेकाएर परेड खेलाएको आरोपमा उनी पक्राउ परेका थिए ।

यी नाइजेरियन प्ले ब्वायले लागोस नाइट क्लब सञ्चालन गर्दछन् । उनी निकै धनी छन् र पैसा पनि मनग्गे खर्च गर्दछन् । साथै उनले निकै महंगा ब्राण्डका कपडाहरु प्रयोग गर्नुका साथै सुपर कारहरु चढ्दछन् ।

-एजेन्सी
source-onlinekhabar.com

प्रतिक्रिया दिनुहोस