चि’हानबाट श्रीमतीको अवशेष निकालेर १६ वर्षदेखि सँगै सुतिरहेछन् यी व्यक्ति (भिडियो)

गोर्खाली खबर

श्रीमान श्रीमतीको माया अचम्मको हुन्छ । सगैँ मर्ने जिउने बाचा गरेकी श्रीमती बिचैमा परलोक भएपछि श्रीमानको मन अवश्य रून्छ । हालै यस्तै मार्मिक घट’ना बाहिरिएको छ।

श्रीमतीको मृ’त्यु सहन नसकेर भियतनामका एक व्यक्तिले उनी गाडेको चि’हान खनेर अवशेष निकाले, त्यसलाई प्लास्टर गरिएको मूर्तीभित्र राखे । उक्त मूर्तीसँग उनी विगत १६ वर्षदेखि सुतिरहेका छन् ।

जब ली भानको यस्तो घटना सन् २००९ मा सार्वजनिक भयो, तब धेरैले यो खबर झुटो भएको ठाने तर यो कुरा साँचो हो । आफन्त, छिमेकीले उनको यस्तो क्रियाकलापको विरोध गरेपनि उनले भने आफ्नी श्रीमतीलाई कतै जान दिएका छैनन् । यो क्रम विगत १६ वर्षदेखि चलिरहेको छ ।

त्यसपछि उनले महिलाको आकृति दिइएको एउटा खोक्रो मूर्तीलाई सिमेन्ट, प्लास्टर, बालुवा, ग्लूको प्रयोग गरेर बनाए र त्यसभित्र श्रीमतीको अवशेष राखे

भानको सन् १९७५ मा विवाह भएको थियो । विवाह अघि उनीहरुले एकअर्कालाई चिन्दैनथे । भान, सेनाका जवान थिए । सेनाको जागिरबाट घर फर्किएका बेला निकै सानो उमेरमा नै उनको विवाह भयो ।

विवाह पछि यी दुईको प्रेम झाङ्गियो, उनीहरुको जीवन निकै खुसी साथ अघि बढिरहेको थियो । उनीहरुले सात सन्तान जन्माए । तर घरबाट टाढा रहेका भानले सन् २००३ मा श्रीमतीको अ’चानक मृ’त्यु भएको खबर पाए । उनी घर हानिए तर उनी घर पुग्नु अगावै श्रीमतीको अन्तिम संस्कार गरेर गा’डिसकिएको थियो ।

श्रीमतीको मृ’त्यु भएको सुरुवाती दिनमा ली भानले आफ्नो दिनरात श्रीमती गाडिएकै चिहानमा बिताए । तर केही महिना पछि खराब मौसम र पानी पर्न सुरु भएपछि उनी समस्यामा परे ।

त्यसपछि उनले श्रीमती गाडिएकै ठाउँमा खाल्डो बनाउने र उनी नजिकै सुत्ने निधो गरे । तर खाल्डो खनेर मृतक श्रीमतीसँगै बुवा सुतेको थाहा पाएका उनका सन्तानले उनलाई चिहानमा सुत्न दिएनन् । तर भानले श्रीमतीलाई आफूबाट टाढा राख्नेबारे सोच्नै सकेनन् ।

एकदिन भानले सुरुमा चिहा’न खने, त्यसपछि श्रीमतीको हड्डी जम्मा गरेर ब्यागमा राखे । त्यसपछि उनले महिलाको आकृति दिइएको एउटा खोक्रो मूर्तीलाई सिमेन्ट, प्लास्टर, बालुवा, ग्लूको प्रयोग गरेर बनाए र त्यसभित्र श्रीमतीको अवशेष राखे । त्यसपछि त्यो मूर्तीलाई आफू सुत्ने बेडमा राखे । त्यस दिनदेखि आजसम्म उनी श्रीमतीको अवशेषसँगै सुतिरहेका छन् ।

उनले श्रीमतीको अवशेष राखिएको मूर्तीलाई सधैं सफा गर्छन् र मेकअप गरेर दिनको दुई पटक लुगा फेरिदिन्छन् ।

जब ली भानका सन्तानलाई बुवाको क्रियाकलापबारे थाहा भयो तब उनीहरुले रिसा’एर आमालाई अन्तिम पटक बिदा दिएको स्थानमा फिर्ता राखिदिन बुवालाई अह्राए । तर उनका बुवाले श्रीमती छोड्न सकेनन् ।

उनले श्रीमतीको हड्डी फिर्ता ल्याएको थाहा पाएपछि छिमेकीहरु उनको घरमा पस्दैनन् । कतिले भानले रो’ग सारेको भन्दै स्थानीय अधिकारीलाई पनि जानकारी दिए । पुलिसले उनलाई सम्झाई बुझाई गरे तर उनले केही गरे पनि मानेनन् । तसर्थ पुलिसले पनि उनलाई केही भन्नै छाडे ।

स्थानीय अधिकारीले भानलाई श्रीमतीलाई पुनः गाडिदिन आग्रह गरे, उनले माने पनि । तर केही समय पछि स्थानीयले भानको घरमा अझै पनि श्रीमतीको अवशेष भएको भन्दै ऊजुरी दिए ।

नेट न्यूज भियतनामका अनुसार ली भान पछिल्लो दुई वर्षदेखि ह्विलचेयरमा छन् तर उनी प्रत्येक राती आफ्नी श्रीमती सँगै सुत्न घि’स्रिएर भएपनि खाटसम्म पुग्छन् । उनले श्रीमतीको अवशेष राखिएको मूर्तीलाई सधैं सफा गर्छन् र मेकअप गरेर दिनको दुई पटक लुगा फेरिदिन्छन् ।

‘जब मेरी श्रीमती जीवित थिइन् तब उनले कहिल्यै राम्रो लुगा लगाउन पाइनन् त्यसकारण मैले उनको लागि राम्रो लुगा बनाउनुपर्छ । मैले दिनको दुईपटक उनको लुगा फेरिदिन्छु, ’ ली भानले भने । ‘मानिसहरुले मलाई श’वको हेरविचार गरिरहेको छ भनेर पागल भन्छन् तर मलाई के विश्वास छ भने उनी सधैं मसँगै छिन् । मेरो मृ’त्यु नहुञ्जेल म उनीसँगै सुत्नेछु ।’

प्रतिक्रिया दिनुहोस