मुकेश अम्बानीकी पत्नीको दैनिकी– ५ लाखको चिया पिउँछिन्, ६४ लाख पर्ने लिपिस्टिक लगाउँछिन् !

गोर्खाली खबर

मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति हुन् । उनको व्यापार व्यवसाय देखि जीवनशैली सम्मलाई मानिसहरुले पछ्याइरहेका हुन्छन् ।मुकेशकी पत्नी हुन् निता अम्बानी ।

उनको पहिरन, रहनसहन, जीवनयापन अन्य आम महिलाको भन्दा फरक छ । उनको लवाइखुवाइ र जीवनशैलीले सबैलाई आश्चर्यमा पर्ने समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् ।

निता अम्बानी रिलायन्स इन्ड्रस्टिजका संस्थापन धिरुभाइकी बुहारी हुन् । निताको लगानी विभिन्न क्षेत्रमा रहेको आइपीएल खेल्ने क्लब मुम्बइ इन्डियन्सको उनी सह लगानीकर्ता हुन् ।

५६ वर्षीया निताको जीवन शैली र खानपानका कारण उनको उमेर ६० को नजिक पुगेको छ भन्दा विश्वास गर्ने अवस्था नभएको समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन हुने गरेका छन् ।

निता अम्बानीले प्रयोग गर्ने दैनिक उपभोग्य समान, खानपानले सामान्य महिलाको जीवनभरलाई पुग्ने गर्छ भन्यो भने तपाई पत्याउन हुन्न होला तर यो वास्तविकता हो ।

उनले लगाउने कपडा लाखौं मूल्यको हुने गरेको छ । त्यस्तै उनले लगाउने चुरा, गहना, मेकअप किट, लिपिस्टिक, ह्याण्ड व्यागको मूल्य सुन्नु भयो भने त तपाई आश्चर्यमा नै पर्नु हुन्छ ।

भारतीय अनलाईले उनले प्रयोग गर्ने सामान र खानपानबारे रिपोर्टहरु प्रकाशन गरेका छन् जसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

५ लाखको चिया

नीता अम्बानीले दैनिकी चियाबाट सुरु हुन्छ । उनी हरेक विहान जापानको सबैभन्दा पुरानो क्र्रेरी ब्राण्डको नोरिटेकको कपमा चिया पिउँने गर्छिन् । यो कपको मूल्य ३ लाख भारतीय रुपैयाँ ९नेपाली रुपैयाँ ४ लाख ८० हजार० पर्ने गरेको छ । उनले पिउने चियाँ विशेष खालको हुने गरेको छ ।

कारको सोख

नितालाई मनपर्ने कार ‘मेबेक ६२’ हो । जुन उनका पति मुकेश अम्बानीले उनलाई उपहारको रुपमा लण्डनबाट मगाएका थिए । ‘मेबेक ६२’ कार भारतमा ल्याउने पहिलो व्यक्ति हुन् मुकेश अम्बानी । यसको मूल्य १० करोड भारतीय रुपैयाँ पर्छ ।

जुत्ता
भारतीय सञ्चारमाध्यमहरुका अनुसार निता अम्बानी कहिल्यै पनि दोहोर्याएर जुत्ता लगाउँदिनन् । उनी धेरैजसो गार्सिया, जिम्मी चू, पेलमोडा, पाड्रो, मार्लिन जस्ता ब्राण्डेड जुत्ता लगाउँछिन् । उक्त जुत्ताको मूल्य ५ लाख भारतीय रुपैयाँ पर्ने गरेको छ ।

गर–गहना

उनी परम्परागत गर–गहना लगाउँन मन पराउँछिन् । कार्यक्रमहरुमा भने उनी हिराको औँठी सधैँ लगाउँछिन् । यसको मूल्य करिब ५ देखि ७ लाख भारु पर्छ । उनलाई यो औँठी अम्बानीले प्रेम प्रस्ताव राख्दा दिएका थिए ।

लिपिस्टिक

कार्यक्रमहरुमा नीता अम्बानी निकै आकर्षक रुपमा देखा पर्ने गरेकी छिन् ।

उनले आफूलाई आकर्ष देखाउन प्रयोग गर्ने मेकअप किट पनि निकै महँगो हुने गरेको छ । उनले लगाउने एउटा लिपिस्टिकको मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । जसको नेपाली मूल्य ६४ लाख भन्दा धेरै पर्छ ।

घडीको शोखिन

निता अम्बानीसँग धेरै थरिका ब्राण्डेड घडीहरु रहेका छन् । उनले प्रयोग गर्ने घडीहरुको मूल्य २० लाख पर्छ । उनीसँग बुल्गरी, कार्टियर, राडो, गुच्ची, केल्विन क्लाइन र फान्सिल जस्ता ब्राण्डको घडीहरुको संग्रह नै रहेको छ ।

सारी कलेक्शन

उनीसँग अन्य सामान जस्तो महङ्गा सारीको कलेक्शन छ । उनका सारीको चर्चा बारम्बार भइरहन्छ । उनको सारी लगभग ४० लाख बराबरको हुन्छ । उनी अब्बू जानी सन्दीप खोसला, अनामिका खन्ना, मनीष मल्होत्रा जस्ता डिजाइनरले बनाएको सारी लगाउने गर्छिन् ।

व्याग

उनीसँग संसारकै सबैभन्दा महङ्गो व्याग कलेक्शन छ । शनेल, गोयार्ड, जिम्मी चू ब्राण्डका व्यागको मूल्य लगभग ४ लाख भारुबाट सुरु हुन्छ ।*

प्रतिक्रिया दिनुहोस