लगातार ३ बुधबार अपनाउनुहोस् यी उपाय, हट्नेछ विघ्न, बन्नुहुनेछ करोडपति

गोर्खाली खबर

काठमाडौँ । बुधबार भन्ने वित्तिकै बुध ग्रहको दिन, यसदिन भगवान गणेशको पनि पूजा अर्चना गर्ने गरिन्छ।धर्मशास्त्रका अनुसार बुधबार बुध ग्रहलाई पुज्दा विभिन्न समस्याबाट समाधान तथा राहत मिल्ने गर्छ।

बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको पनि यसदिन पूजा अर्चना गर्दा फाइदा पुग्छ।बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति मानिन्छ, त्यसैले धन, वैभवआदिका सम्बन्ध बुधसँग छ।बुधको दिशा उत्तर हो र उत्तर दिशा कुबेरको स्थान पनि हो।

बुधलाई कुनै महत्वपूर्ण तथ्यहरुको कारक ग्रह पनि मानिएको छ, जस्तै वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक आदि।यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ

भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ।किनकी तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ९साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ।यसबाहेक बुढेसकालबाट टाढा रहनुहुन्छ, जसबाट जीवनमा नयाँ जोश भरिन्छ।

कम्तिमा लगातार ३ बुधबार गर्नुहोस् यी काम:
१) बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको पूजा-आजा गर्नुपर्छ।
२) धनको कामनाका लागि बुधवारको दिन श्री गणेशलाई घिउ र सख्खरको भोग लागाउनुहोस्।
३) समलिंगीको सेवा गर्नुहोस्।

४) बुध ग्रहको अशुभतालाई शुभतामा परिवर्तन गर्न बुधवार गणेशको पूजा गर्नुहोस्।
५) नौ बर्षभन्दा कम उमेरको कन्याको खुट्टा धोएर उनलाई प्रणाम गरेर आशीर्वाद लिनुहोस्।
६) बुधवार व्रत बस्नुहोस्।
७) हरियो चना भिजाएर चरा-चुरंगीलाई खुवाउँनुहोस्।
८) बुधबारको दिन हरियो घाँसपात बस्तु-भाउलाई खुवाउँनुहोस्।

प्रतिक्रिया दिनुहोस