को हुन् यी युवती जसलाई नेपालीहरु सामाजिक सञ्जाल मा चाख लिएर खोजी रहेका छन्, किन मोहित बनाइरहेका छ उनको तस्बिरले

गोर्खाली खबर

सामाजिक सञ्जाल फेसबुक ट्वीटर, इन्ष्टाग्राममा केहि कुरा पोस्ट गरेको क्षणभर मै भाइरल हुने गर्दछ । यसले कसलाई कति बेला सेलिब्रेटी बनाउँने हो कुनै पत्तो छैन । यस्तै एक युवतीको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

विशेष गरि नेपाली प्रयोगकर्ताहरुले यसलाई चासोका साथ हेरिरहेका छन । नेपाली मंगोल मुलकी जस्ती देखिने यी युवतीको तस्बिर भाइरल भइरहेको छ । ति युवती वास्तवमा नेपाली नभएर म्यानमारकि एक मोडेल तथा नायिका मेपन्चि हुन् ।

जसको अनुहार नेपाली मंगोल समुदायका युवती जस्तै छ । उनलाई नेपाली कलाकार भन्दै केहि फेसबुक प्रयोगकर्ताले लाईक बढाउन उनको तस्बिरहरु दुरुपयोग गर्दै आएका छन् । उनको नाममा थुप्रै नेपाली आईडिहरु खोलिएका छन् ।

कत्ति त नेपाली नै भनेर झुक्किने गरेका छन । मेपन्चिको वास्तविक नाम भने मे पन्चि सो नायुङ हो । उनको बुवा उ सो नायुङले मेपन्चिको नाम परिवर्तन गर्दै मेपन्चिमात्र राखे जस्तो वास्तविक अर्थ मिस पेन्टर हो ।

युवा अवस्थामा सबैले आफ्नो जिवनको भविष्य र एउटा बोकेका हुन्छन् । कसैले सपना पुरा गर्छन् त कोहि सपना पुरा गर्न चुक्छन् । मेपन्चिको सपना भने कलाकार र पेन्टर बन्नु थियो । त्यसैले उनका बुवाले उनको नाम परिवर्तन गरेका थिए ।

मेपन्चि पेन्टर पनि हुन् । उनले कमेडि फिल्ममा अभिनय समेत गरेकि छिन् । बिदेशी कलाकारको तस्विर राखेर गलत फाइदा उठाउने नेपाली सामाजिक संजाल प्रयोग कर्ताले यिनलाई नेपाली माझ भाइरल बनाइदिएका छन ।

प्रतिक्रिया दिनुहोस