राष्ट्रपतिको इज्जतमा आँच पुग्नेगरी बोलेको भन्दै नेतृ झाँक्रीलाई पक्राउ गर्न ओली समुहको माग

काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओली समुह निकटको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न भन्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधबार नेतृ झाक्रीलाई पक्राउ गर्न भन्दै ओली पक्षको (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष ज्ञापन पत्र बुझाएका हुन् । नेतृ झाँक्री प्रचण्ड माधव नेपाल समुहकी हुन् । उनी नेकपाको प्रतिनिधि सभा सदस्य पनि हुनुहुन्छ ।

गृहमन्त्री थापालाई बुझाइएको ज्ञापन पत्रमा केही दिन अघि गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गर्नेगरि अभिव्यक्ति दिएकोले उनलाई पक्राउ गरि कारवाही गर्नुपर्ने उल्लेख छ ।

नेतृ झाँक्रीले राष्ट्रपतिबिरुद्ध विविध लाञ्छना, गाली बेइज्जति गरि व्यक्तिगत, पारिवारिक साथै राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुग्ने खालका अभिव्यक्ति दिएकोले त्यसप्रति अनेमसंघको आपत्तति रहेको भन्दै कारवाहीको माग गरिएको छ । source-news24nepal

प्रतिक्रिया दिनुहोस