१ महिना पनि टिकन सकेन हिरोइनको बिहे, हनिमूनमै भयो सम्बन्धविच्छेद गर्ने निर्णय

बलिउड अभिनेत्री पुनम पाण्डेको बिहे १ महिना पनि नटिक्ने भएको छ । यही सेप्टेम्बर १० मा विवाहको सार्वजनिक घोषणा गरेकी पुनम पाण्डेले सेप्टेम्बर महिना नसकिँदै आफू सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगेको बताएकी छिन् ।

उनले यही महिनाको सुरुवातमा ब्वाइफ्रेण्ड साम बाम्बेसँग विवाह गरेकी थिइन् । तर, विवाहको २ हप्तामै पुनमले पति साम बाम्बेमाथि कुटपिटको आरोप लगाइन् । अहिले एक अन्तरवार्तामा उनले आफू सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगेको बताएकी छिन् ।

टाइम्स अफ इण्डियालाई दिएको अन्तरवार्तामा पुनमले साम र आफूबीच भएको घटनाबारे बताएकी छिन् । पुनमका अनुसार एक विवादपछि बहस बढ्दै जाँदा सामले उनीमाथि हात उठाएका थिए । पुनमले भनिन् ‘उनले मेरो घाँटी थिचिरहेका थिए र मलाई लाग्यो म मर्दैछु ।

उनले मेरो मुखमा मुक्का हाने, मेरो कपाल ताने र बेडको कुनामा मेरो कपाल ठोक्याइदिए । म जसोतसो त्यो कोठाबाट निस्केर भागें । मेरो होटलका स्टाफले पुलिस बोलाए, पुलिसले उनलाई लिएर गए । पछि मैले उनीविरुद्ध उजुरी दिएँ ।’

विवाह जारी राखने सम्बन्धमा पुनमले भनिन् ‘अहिले म उनीसँग जान चाहन्न । मलाई लाग्दैन जुन व्यक्तिले तपाइँलाई जनावरजस्तै कुटे उसैसँग जानु राम्रो आइडिया हो । त्यो पनि परिणामबारे नसोची ।’ साम बाम्बेलाई गोवाबाट गिरफ्तार गरिएको थियो ।

बुधबार उनलाई जमानतमा छोडियो । पुनम र सामले १० सेप्टेम्बरमा विवाहको घोषणा गरेका थिए । त्यसपछि उनीहरु मुम्बइ विमानस्थलमा देखिएका पनि थिए । दुवै हनिमूनका लागि गोवा गएका थिए ।

प्रतिक्रिया दिनुहोस